2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरलाई हरियाली शहर बनाउन रामपुर ५ नम्बर वडा कार्यालयको जोड

रामपुरलाई हरियाली शहर बनाउन रामपुर ५ नम्बर वडा कार्यालयको जोड


Sabalnews प्रकाशित मिति : मंगलबार, असार १७ २०८२
778

पाल्पा

रामपुर नगरपालिकालाई हरियाली शहर बनाउने संकल्प सहित नगरको मुख्य केन्द्र वडा नम्बर ५ ले वडामा फलफुलका बिरुवा बितरण गरेको छ ।

शहर केन्द्रित रामपुरलाई हरियाली बनाउन वडाले प्रत्यक घर र सडक छेउछाउमा लगाउन बिरुवा बितरण गरेको हो । रामपुरको मुख्य केन्द्र रहेको वडाले घर- घरमा फलफुलका बिरुवा रोपेपछि फलफुल खान, शितलता पाउन र वातावरण हरियाली बनाउन मद्धत पुग्ने रामपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताउनुभयो ।

बगैचाका पुराना रुखहरु ढल्दै गए वडा अध्यक्ष पोखरेलले भन्नुभयो- बिद्धुत र मोटरबाटोले गर्दा सार्वजनिक र निजि स्थानका धेरै रुख काटिएका छन्, अब गर्मी बढ्दै गयो हरियाली बनाउनुपर्छ भनेर बिरुवा बितरण गरेका हौ ।

अध्यक्ष पोखरेलका अनुसार अमरापानी, माल्दा, दशहरी आँप र लिची, रानीबेल, एबोगाडो जातका बिरुवा बितरण गरिएको हो ।
वडा नम्बर ५ ले बिगत ३ बर्षदेखि फलफुल जोनको रुपमा विकास गर्ने गरि बजार क्षेत्रमा खुला ठाउँमा र घर-घरमा लगाउन बिरुवा बितरण गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com