2

Logo २०८३ बैशाख १३ आइतबार
सरकारले आगामी वर्षको बजेट आइतबार संसदमा प्रस्तुत गर्दै

सरकारले आगामी वर्षको बजेट आइतबार संसदमा प्रस्तुत गर्दै


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ १४ २०७९
1.7K

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि (आइतबार) दिउँसो ४ बजे संसदमा प्रस्तुत गर्ने भएको छ । नेपालको गणतन्त्र दिवस पारेर सरकारले बजेट ल्याउदै आएको छ । संविधानको धारा ११९ बमाेजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुनेछ।
अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान जेठ १५ गते आईतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश हुनेछ ।

बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् ।

यस अघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण  प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक जेष्ठ १५ गते अपरान्ह ६ बजेका लागि बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com