2

Logo २०८३ बैशाख १३ आइतबार
शिवराज नगरपालिकाको बजेट १ अर्ब ३४ करोड ७८ लाख ८१ हजार रुपैयाँ

शिवराज नगरपालिकाको बजेट १ अर्ब ३४ करोड ७८ लाख ८१ हजार रुपैयाँ


Sabalnews प्रकाशित मिति : बिहिबार, असार १२ २०८२
673

कपिलबस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ३४ करोड ७८ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो बजेट गत आर्थिक वर्षको तुलनामा झण्डै १० करोड रुपैयाँले बढी हो।

नगरपालिकाको १७ औं नगरसभामा उपप्रमुख शिवकुमारी थारुले बजेट पेस गर्नुभएको थियो । उहांले आगामी बजेट जनताको आवश्यकता र अपेक्षा अनुसारको विकासमुखी र समावेशी हुने बताउनुभयो ।

नगरपालिकाले यस वर्ष पनि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ। निःशुल्क शिक्षालाई प्रभावकारी बनाउन शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा ८ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। वडा स्तरिय योजना कार्यान्वयनका लागि १० करोड ५० लाख र स्वास्थ्य शाखातर्फ ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासन व्यवस्थापनमा १२ करोड ७५ लाख, कृषि विकासका लागि ८५ लाख बजेट छुट्याइएको छ। नगर प्रमुख अजय थापाले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका काम र प्रगतिको अनुसार नयाँ बजेटलाई थप परिणाममुखी रूपमा कार्यान्वयन गरिने बताउनुभयो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा शिवराज नगरपालिकाले १ अर्ब २४ करोड ७९ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको थियो। यो वर्ष बजेट बढ्नु नगरको बढ्दो आवश्यकता, विकासको माग र जनताको अपेक्षालाई मध्यनजर गरिएको उहाँले बताउनुभयो ।

नगरसभामा नगर कार्यपालिकाका सदस्य, वडाध्यक्षहरू, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com