2

Logo २०८३ बैशाख १३ आइतबार
इरानबाट उद्दार गरिएका बुटवलका २ युवासंग मेयर पाण्डेले गरे भेट

इरानबाट उद्दार गरिएका बुटवलका २ युवासंग मेयर पाण्डेले गरे भेट


Sabalnews प्रकाशित मिति : बुधबार, असार ११ २०८२
1.1K

बुटवल ।

इरानबाट उद्दार गरेर मंगलबाट घर आएका बुटवलका २ युवालाई बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले भेट गर्नुभएको छ ।

युद्धग्रस्त इरानको तेहरानमा रहेका नेपाली युवालाई नेपालको परराष्ट्र मन्त्रालय र भारतीय दुतावासको समन्वयमा भारत सरकारले भारतीय नागरिकलाई उद्दार गरेका बखत उद्दार गरेको थियो । सोमबार दिल्ली आइपुगेका युवा गाडीको बाटो हुँदै मंगलबार बुटवल आइपुगेका हुन् । बुटवल १२ का गणेश प्रसाद पोखरेल र बुटवल १३ का सुमन गैरेलाई उहाँकै घरमा गई नगर प्रमुख पाण्डेले इरानको त्रास र उद्दारको चरणका अबस्थाका बिषयमा कुराकानी गर्नुभयो ।

पाल्पा रैनादेवीछहरा सोमादीका पुरानो बासिन्दा रहनुभएका पोखरेलले १६ बर्षदेखि इरानमा रहेर काम गर्दै आएको बताउनुभयो । उहाँले इरानको त्रास तेहरान काम गर्ने ठाउँमा कम परेपनि बमको आवाज सुनिएको बताउनुभयो । उहाँले नेपालको परराष्ट्र मन्त्रालयबाट भारत सरकार संग समन्वय गरेपछी भारतीय उद्दार टोली र दुताबासले उद्दार गरेर आफुहरुलाई भारत ल्याएको बताउनुभयो ।

सन् २००७ देखि इरान बस्नुभएका पुर्ख्यौली अर्घाखाँचीका सुमन गैरेले इरानमा मिसाइल फाल्दा बिहान मात्र सडकमा मादल जस्तो खोक्रो देखेको तर जान रोक लगाएर सुरक्षा घेराभित्र लिएको आफुले देखेको बताउनुभयो । एउटा भवनलाई लक्षित गरेर हान्दा ५/७ घरमा क्षती र हाताहाती भएको बताउनुभयो । हाल द्वन्द रोकिएको र लामो बसाइमा अरु केही अफ्ठेरो नपरेकोले अब छिट्टै पुनः इरान फर्कने सोच राखेको उहाँले बताउनुभयो । ११ जना नेपालीमा आफुहरु तत्काल २ जना आएको र बिहिबार बिहान र दिउँसो गरि अन्य ७ जना पनि आउने जानकारी दिनुभयो । बुटवलका र अन्य ३ जना उदयपुरका नेपाली एकै ठाउँमा बस्दै आएको  बताउनुभयो ।

फर्किएका नेपाली र उनीहरुको परिवार संग भेटपछि बुटवलका मेयर पाण्डेले सबै जनालाई नगरमा चिया भेटमा सहभागी हुन आग्रह गर्नुभयो । आफ्नो र परिवारको सम्पन्नताको लागि लाखौ नेपाली बिदेश जान बाध्य भएको उल्लेख गर्दै आपतकालीन समयमा उद्दार र ज्यान जोगाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । तत्काल युद्ध रोक्ने सहमतिले ठूलो क्षति भएन पाण्डेले भन्नुभयो । तर जुनसुकै बेला पनि पुनः हुनसक्ने कुरामा सजक रहन सुझाउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com