वालिङको नगरसभाबाट १ अर्ब ५ करोड ७६ लाख ९ हजार ९ सय बजेट पारित
स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिकाले आगामी वर्षको बजेट सभामा प्रस्तुत गरेको छ ।
आगामी वर्ष २०८२/०८३ को लागि वालिङ नगरले कुल बजेट १ अर्ब ५ करोड ७६ लाख ९ हजार ९ सय प्रस्तुत गरेको छ ।
नगरपालिकाको मंगलबार बसेको नगरसभाको १८ औँ अधिबेशनले बजेट ल्याएको हो ।

सभाले ४ वटा विद्येयक पास गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा विद्ययेक, नगर प्रहरी विद्ययेक, विज्ञापन विद्ययेक र स्थानीय पशु बद्यशाला तथा मासु जाँच विद्येयक प्रस्तुत गरि पास गरेको छ ।
नगर प्रमुख कृष्ण खाणको अध्यक्षतामा चलेको नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले गर्नुभएको हो ।