रिब्दीकोट गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख
पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिका गाउँसभाको १८ औं अधिवेशनको दोस्रो बैठकले आगामी वर्षको अनुमानित बजेट पास गरेको छ ।
गाउँपालिका अध्यक्ष कान्ता अधिकारीले सभामा आर्थिक बर्ष २०८२/०८३ को ५३ करोड ८३ लाख ५४ हजार बजेट पेस गर्नुभएकोमा बजेट गाउँ सभाबाट सर्वसम्मत पारित भएको हो ।नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरणको दोश्रो बैठक सोमबार बसेको थियो ।
रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको सभाध्यक्षतामा भएको भएको बैठकमा गाउँपालिकाको नीति कार्यक्रम यस अघि नै प्रस्तुत गर्नुभएको थियो । कृषि, उत्पादन, पर्यटनलाई प्राथमिकता दिदै गाउँपालिकाले पुराना कार्यक्रमलाई निरन्तरता सहित केही नयाँ कार्यक्रम समेत ल्याएको छ । सभाका सचिब मणि प्रसाद खनालले सभा सञ्चालन गर्नुभएको थियो ।