बराङ्दीमा स्वास्थ्य चौकी बन्ने
पाल्पा ।
जिल्लाको बगनासकाली ८ बराङ्दीमा सुबिधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुने भएको छ ।
स्थानीय नागरिक सेवाग्राहीलाई स्थानीय स्तरमा राम्रो स्वास्थ्य उपचार दिने उद्देश्यले बराङ्दीमा स्वास्थ्य चौकी भवन बनाउन लागेको पालिकाले जनाएको छ । भवनको स्थानीय, सेवाग्राही तथा सरोकारवालाको उपस्थितिमा शिलान्यास गरिएको छ ।
समय मै सम्पन्न गर्ने गरि काम अगाडी बढाउन भनिएको गाउँ पालिकाका कार्यबाहक अध्यक्ष हरि प्रसाद पाठकले जानकारी दिनुभएको छ ।