तनहुँ बन्दिपुरमा मोटरसाइकल र स्कार्पियो ठोक्कियो,२ घाइते
तनहुँ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आइतबार बिहान स्कोरपियो र मोटरसाइकल ठोक्किएको छ ।
स्कोरपियो र मोटरसाइकल ठक्कर खॉदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । राजमार्गको स्तरउन्नति पछि राम्रो सडकमा तिब्र गतिका कारण सवारी दुर्घटना बढेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ । तिब्र गति पक्की सडकमा लापरबाहीका कारण दुर्घटना भएको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।