2

Logo २०८३ बैशाख १४ सोमबार
बाँसटारी- झडेवा सडकखण्डकाे सालघारी क्षेत्रकाे सडक कालाेपत्र

बाँसटारी- झडेवा सडकखण्डकाे सालघारी क्षेत्रकाे सडक कालाेपत्र


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ १२ २०८२
519

पाल्पा

बाँसटारी-दमकडा-सराइ- झडेवा सडकखण्डकाे सालघारी क्षेत्रकाे सडक कालाेपत्रे भएकाे छ ।

लुम्विनी प्रदेश सरकारले चालू आव २०८१/०८२ मा (बाँसटारी-खहरे-देवगीर) याेजनामा ४० लाख बजेट विनियाेजन गरेकाे थियाे । तत्कालिन जिविसले ओटासिल गरेकाे सडक मर्मतसुधार नहुँदा केही वर्षदेखि साे क्षेत्रकाे सडक जीर्ण बनेकाे थियाे ।

याे सडक भएर यात्रा गर्ने यात्रुकाे गुनासाेपछि यस क्षेत्रमा काम भएकाे हाे । सडक पूर्वाधार कार्यालय पाल्पाले दुई सय मिटर सडक कालाेपत्रे काम गर्न सकिएकाे जनाएकाे छ ।
याे सडक निर्माण गर्नका लागि सडक बन्द गर्ने भनिएपनि उपयुक्त विकल्प अपनाएर कालाेपत्रे गर्न सुझाव दिएअनुसार काम भएकाे माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयाे । एकातर्फी सडक संचालन गरेर पनि कालाेपत्रेकाे काम भएकाे उहाँले बताउनुभयाे ।

सडक कालाेपत्रे भएपछि याे सडक भएर तानसेन, बुटवल, माडी, माथागढीलगायतका क्षेत्रमा यात्रा गर्ने यात्रुलाई सहज हुने तानसेन-९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com