2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाका ८१ वडा मध्य एक मात्र दलित वडाअध्यक्ष बने दर्जी

पाल्पाका ८१ वडा मध्य एक मात्र दलित वडाअध्यक्ष बने दर्जी


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
5.3K

पाल्पा ।

पाल्पा जिल्लाको ८१ वडामध्ये एक मात्र दलित वडाअध्यक्ष  विजयी भएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बहादुर दर्जि प्यानलसहित विजयी भएका हुन् ।

पाल्पाका १० स्थानीय तह मध्य रामपुर नगरपालिकामा मात्र दलित वडाअध्यक्षका रुपमा प्रतिनिधित्व गरेका भएको दलित संघ पाल्पाक सभापती लक्ष्मण हिताङ्ले बताउनुभयो।

उपप्रमुख सहित वडा नम्बर २ को टिम

यस अघिको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबाट १/१ जना दलित वडा अध्यक्ष बिजयी भएका थिए । नेपाली काङ्ग्रेसबाट रामपुर ४ का एक बहादुर नेपाली र नेकपा एमालेबाट रम्भा ५ हुमिनका भोग बहादुर बिक वडा अध्यक्ष भएका थिए । अहिले नेपाली काङ्ग्रेसले दलित समुदायबाट एक मात्र दर्जीलाई वडा अध्यक्षको टिकट दिएको थियो । दर्जीले प्यानल सहित जित हात पारे । नेकपा एमालेले वडा अध्यक्षमा दलितलाई यो पटक मौका दिएन ।

जिल्लाको एकमात्र दलित वडाअध्यक्ष कृष्ण बहादुर दर्जी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण बहादुर थापालाई २९४ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । विजयी दर्जीले ७०९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी थापाले ४१५ मत प्राप्त गरेका थिए ।

दर्जीको प्यानलमा रामपुर २ बाट महिला सदस्य टकमाया थापा, दलित महिला सदस्य तेजकुमारी गैरे, खुला सदस्यमा खिम बहादुर कुमाल र शिव शंकर जि.सी. निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com