2

Logo २०८३ बैशाख १३ आइतबार
खेलमैदान बनाउन महोत्सव गर्दै तल्लो गल्याङबासी

खेलमैदान बनाउन महोत्सव गर्दै तल्लो गल्याङबासी


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२
736

स्याङ्जा

स्याङ्जाको गल्याङमा आँधिखाेला महाेत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन पुर्व मन्त्री तथा सांसद धनराज गुरुङले गर्नुभएको छ । बैशाख ४ गतेदेखि १५ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थिति रहने बुझिएको छ । अपुरो खेलमैदान निर्माणका लागि महोत्सव आयोजना गरिएको हो ।

पछिल्लो समय स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका महोत्सवहरु ऋण तिर्न देखि नियमित कार्यलय सञ्चालन गर्नका लागि महोत्सवलाई माध्यम बनाउन खोजेका छन् । २ पटक गरेको महोत्सवको हिसाबकिताब समेत सार्वजनिक गर्न नसकेर राज्यलाई कर समेत नतिरेको स्याङ्जा उधोग वाणिज्य संघले महोत्सव गरेर झण्डै ८ लाख रुपैया कर तिरेको छ भने संस्थाको आधारभूत कार्यलय सञ्चालन गर्ने अवस्थामा छ ।

यस्तै झण्डै ३० लाख घाटामा रहेको वालिङ उधोग वाणिज्य संघले महोत्सवको भरमा ऋण चुक्ता देखि संस्थाको नियमित अफिस सञ्चालन गर्ने अवस्थामा थियोे । पछिल्लो महोत्सवले वालिङ् उधोग वाणिज्य संघले केही रकम समेत बचत गरेको देखिन्छ । यस्तै भर्खर गठन भएर एउटा महोत्सवको गरेको वालिङ चेम्बरले महोत्सव सम्पन्न गरेपनि अपेक्षित रकम बचत गर्न सकेको छैन्,उल्टै नगरपालिकाले ११ लाख कर माग गरेपछि कर नतिर्ने बताउदै आएको छ ।

बिहिबारबाट गल्याङमा जारी महोत्सव पनि अपुरो खेलमैदान निर्माणलाई पूरा गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको बुझिएको हो ।

कार्यक्रममा पुर्व मन्त्री एवम् संघीय सांसद धनराज गुरुङ,प्रदेश सांसद महेस भट्टराई,गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई, गल्याङ काङ्ग्रेसका सभापति श्याम प्रसाद बस्याल लगायतको उपस्थिति थियोे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com