पाल्पामा अनेरास्ववियुद्दारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध
पाल्पा ।
सहिद बहुमुखी क्याम्पस अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले ( अनेरास्वबियु ) पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोध गरेको छ।
रामपुर ५ नहर अफिस बाट शुरु भएको बिरोध र्याली बेझाड बजार परिक्रमा गरि बजार चोकमा कोण सभामा परिणत भएको हो ।

कोणसभामा बोल्दै अनेरास्ववियु सचिवालय सदस्य शंकर गौतमले लाचार सरकारले मुल्य वृद्धि गरि जनताको ढाड सेकेको बताए । देशमा सर्बसाधारण छन् भन्ने नै बेवास्ता गरि जनतालाई कुल्चेर सरकारले लगातार जनता मारमा पारेको गौतमले बताए । यो झुपडीको आन्दोलन हो, गौतमले भने- दिन दिनै काम गरेर खाने र हुदा खाएर हिड्नुपर्ने मान्छे कसरी चल्ने? निर्वाचन अघि नै मूल्य वृद्धि गराउन तम्सेको सरकारले निर्वाचन संग डराएर मतपरिणामको अन्त्यतिर आएर पेट्रोल,डिजेल देखि खाना पकाउने ग्यासको मुल्य बढाएको बताए ।
अनेरास्ववियु जिल्ला सचिव मदन आचार्यको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा “मूल्य वृद्धि तत्काल फिर्ता गर” । “अत्ति भयो अत्याचर कि जाताको हत्या गर”। “दलालहरु होसियार”। “नालायक सरकार राजिनामा दे” । “बाच्न दे सरकार यो देशमा श्रमजिबी,सर्बहारा पनि छन्” भन्ने जस्ता प्ले कार्ड सहित नारा लगाएका थिए ।