2

Logo २०८३ बैशाख १३ आइतबार
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित


Sabalnews प्रकाशित मिति : शनिबार, चैत्र २२ २०८१
848

गुल्मी ।

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि मात्रै भएको मतदनमा श्रेष्ठ र रामप्रसाद पन्थी बिच प्रतिस्पर्धा भएको थियो ।

अध्यक्ष पदमा भएको मतदानमा श्रेष्ठले ३२१ मत ल्याएर बिजयी भएको गुल्मी उद्योग वाणिज्य संघ निर्वाचन अधिकृत बिष्णुप्रसाद बलालले बताए । उनका प्रतिस्पर्धी पन्थीले २०१ मत ल्याएर पराजीत भएका छन् । मतदानमा १३ वटा मत बदर भएका थिए । अध्यक्षका लागि काँग्रेस निकट व्यवसायी मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थी चुनावी प्रतिस्पर्धामा थिए । कुल ५ सय ८५ मतदातामध्ये ५३५ जनाले मतदान गरेका थिए । गुल्मी उद्योग वाणिज्य संघमा अध्यक्षका बाहेक सबै पदमा निर्विरोध भइसकेको निर्वाचन अधिकृत बलालले बताए ।

गुल्मी उद्योग वाणिज्य संघको उपाध्यक्षमा इश्वरीप्रसाद बेल्वासे, गोपालप्रसाद भुसाल, ताराप्रसाद भुसाल, महासचिवमा चेतनारायण पाण्डे, सचिवमा बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा इश्वरी कँडेल, सहकोषाध्यक्षमा कृष्ण खनाल निर्वाचित भएका छन् । जसको सदस्यहरूमा महेशकुमारराज भण्डारी, बादल श्रेष्ठ, तोमलाल पन्थी, ज्ञानबहादुर भलामी, किशोरप्रसाद मरासिनी, रामु सुनार, चन्द्रमणी भण्डारी, चन्द्रमणी पाण्डे, कमला श्रेष्ठ र शशी केसी निर्वाचित भएका छन् ।

आगामी ३ वर्षका लागि संघमा १८ सदस्यीय समिति गठन भएको छ । अध्यक्षका लागि प्रस्पिर्धामा रहेका रामप्रसाद पन्थी यसअघि बरिष्ठ उपाध्यक्ष थिए । अध्यक्ष पदमा निर्वाचित श्रेष्ठ यसअघि उपाध्यक्षमा थिए । गुल्मी उद्योग वाणिज्यको गत ८ गते रेसुङ्गामा ३३ औं साधारणसभा भएको थियो । ९ गते अधिवेशन हुने तयारी भएपनि सहमतीमा मिलाउनका लागि सारिएको थियो । तर मिलाउन नसक्दा चुनावी प्रतिस्पर्धा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com