2

Logo २०८३ बैशाख १३ आइतबार
पराजित भएपनि मतदातालाई सान्त्वना दिन मेयरका उमेदवार शिव अर्याल गाउँघरमा

पराजित भएपनि मतदातालाई सान्त्वना दिन मेयरका उमेदवार शिव अर्याल गाउँघरमा


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९
834

पाल्पा ।

निर्वाचन जितेपछि बिजय उत्सव र जनतालाई बधाई दिन गाउटोलमा पुग्ने र पराजित भए दुलो पस्ने प्रवृत्तिका बिच  पाल्पाको रामपुर नगरपालिका नगरप्रमुख पदका उमेदवार शिव अर्याल आफ्ना मतदाता, शुभेच्छुक र सहयोगी सबैलाई धन्यवाद दिन गाउघर टोल- टोलमा पुगेका छन् ।

पाल्पाको रामपुर नगरपालिकामा एमालेबाट मेयर पदमा पराजित हुन पुगेका अर्यालले नगरका सबै वडामा पुगेर मतदाताहरूलाई धन्यवाद दिइरहेका छन् । यो राजनितिक सस्कारको राम्रो पक्ष रहेको धेरैको औल्याई छ ।

मतदानको अन्तिम नतिजा सार्वजनिक हुने वित्तिकै हामी नगरको समिक्षामा बस्यौ अनि आफुलाई मत दिने भगवान् लाई धन्यवाद दिनैपर्छ भन्ने ममा लाग्यो र हामी गाउघर पुग्ने गरि हिड्यौ । वडाका बस्तीमा पुगिएको छ । हिम्मत २ गुना बढेको उनले सुनाए । आफ्ना मतदाताहरूको अमूल्य मतको सधै सम्मान गर्ने बताएका उनले पराजयलाई प्राविधिक रुपमा लिएका छन् । मलाई विश्वास गरेर रामपुर नगरपालिकाका मतदाताले दिनुभएको अमूल्य मत नै मेरो जित हो’उनले भने ।

उम्मेदवार अर्याल ३७३ मतले नेपाली काङ्ग्रेसका उमेदवार रमण बहादुर थापा संगै पराजय भए । अर्यालको १० हजार ८३ मत आएको थियो भने नेपाली कांग्रेसका मेयरका उम्मेदवार रमरणबहादुर थापाको १० हजार ४ सय ५६ मतसहित विजयी भएका थिए ।

उप–मेयरमा कांग्रेसकी बालकुमारी थापा १० हजार ३ सय ७ मतसहित विजयी भएकी थिइन् । एमालेकी दुर्गादेवी राना झनै झिनो मतले पराजय हुनुपर्यो । उनको १० हजार २ सय ५० मत आएको थियो ।

निर्वाचनमा मतदान गर्ने मतदाता पार्टीका सबै तहका नेता कार्यकर्ता,केन्द्रिय, प्रदेश, जिल्लाले देखाएको माया, सद्भाव, सहयोगप्रति अर्यालले आभार प्रकट गरे । उनले निर्वाचनका बेला खटिएका कर्मचारी, सुरक्षाकर्मी सबैलाई धन्यवाद दिए ।

मेयर उमेदवार अर्याल, उपमेयर उमेदवार राना वडागत रुपमा दैनिक जसो जनताका मझ पुगेका छ्न । उनीहरु रामपुर नगरपालिका १,२,३,४, ६ र ७ पुगेका छन् । गाउँ टोलमा जम्मा भएर पार्टी पराजय र अबको बाटो बिषयक छलफल गरेको नेक्पा एमालेबाट उमेदवार बनेका शिव अर्यलले भने ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com