2

Logo २०८३ बैशाख १३ आइतबार
कार्यालयमा प्रहरीको स्वास्थ्य परिक्षण

कार्यालयमा प्रहरीको स्वास्थ्य परिक्षण


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र १० २०८१
2.4K

पाल्पा ।

रामपुरमा रहेको स्वास्थ्य सस्थाहरुको समन्वयमा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ ।

मेट्रोसिटी अस्पताल प्रा.लि. र होराईजन डेन्टल क्लिनिक संगको सहकार्यमा प्रहरी कार्यालयबाट सेवारत प्रहरीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताउनुभयो ।

कार्यालयमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरुको सुगर,रक्तचाप,कान,दन्त परिक्षण र परामर्श दिएको हो । डा.भिमसेन सुनार, डा. शंकर श्रेष्ठ, डा.केशब पाण्डे, डा. सलिजा थापा, डा. रचना राना लगायतको टिमले स्वास्थ्य साबधानी बारेमा जानकारी दिनुभयो ।

साथै, अस्पताल र यस कार्यालय बिच प्रहरी कर्मचारी बिरामी भएमा ५०% छुट दिने समझदारी पत्रमा कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपाली र अस्पताल प्रमुख बिच हस्ताक्षर भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com