2

Logo २०८३ बैशाख १३ आइतबार
लैङ्गिक समानताका लागि ‘रिङ द बेल’ कार्यक्रम

लैङ्गिक समानताका लागि ‘रिङ द बेल’ कार्यक्रम


गोमा बिष्ट प्रकाशित मिति : शुक्रबार, चैत्र ७ २०८१
1.1K

ललितपुर ।

अन्तराष्ट्रिय महिला दिवस २०२५ को पूर्वाधारमा लैङ्गिक समावेशी आर्थिक पहुँच सम्बन्धी नेपालको प्रतिबद्धताहरूको पुनःस्मरणका लागि लैङ्गिक समानताका लागि ‘रिङ द बेल’ कार्यक्रम आयोजना भएको छ।

फिनल्याण्ड सरकार र युरोपेली युनियनको सहयोगमा युएन वीमेन, ग्लोबल कम्प्याक्ट नेपाल, अन्तर्राष्ट्रिय वित्त निगम (IFC) र नेपाल स्टक एक्सचेन्जले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको हो ।

यस कार्यक्रममा लैङ्गिक समावेशी आर्थिक पहुँचको प्रवर्द्धन गर्न र महिलाको आर्थिक सहभागिता बढाउन सहयोगी महिला सशक्तिकरण सिद्धान्तहरू (Women Empowerment Principles/WEPs) लाई व्यावसायिक सफलताको लागि एक प्ररेखाको रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा आर्थिक, व्यावसायिक तथा सामाजिक विकास क्षेत्रका विभिन्न शीर्ष व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वाई टेककी प्रबन्ध निर्देशक सलोनी सेठियाको मध्यस्थतामा “बाधा तोड्दै: महिलाका लागि वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्दै” विषयमा प्यानल छलफल भएको थियो। यसमा प्रमुख वक्ताहरू नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशी, हेर्भेदा बोटानिकल्सकी संस्थापक प्रतिभा पाण्डे, ग्लोबल इक्विटी फन्डका डेपुटी सीईओ आशिष ढकाल, तथा स्विट्जरल्याण्ड दूतावासका कार्यक्रम प्रबन्धक सेसिल ब्रिभिएर उपस्थित रहेका थिए।

संयुक्त राष्ट्रसंघय निकाय युएन वीमेनका लागि नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकोले स्वागत मन्तव्य दिदैँ भनिन्, “महिलाले भोगिरहेका बाधाव्यवस्थाहरूलाई सम्बोधन गर्दै उनीहरूको आर्थिक पहुँचमा टेवा पुग्याउनु भनेको न्यायको कुरा मात्रै हैन, यो भनेको सबैका लागि वृद्धिविकास, नवप्रवर्तन र अवसरको ढोका खोल्नु पनि हो।”

कार्यक्रममा अर्थ मन्त्रालयका उप–सचिव तथा नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पौडेलले आर्थिक क्षेत्रमा महिलाहरूले भोगिरहेका चुनौतीहरूबारे बताए। नेपालमा महिलाको राजनीतिक समावेशीतामा राम्रो प्रगति भएतापनि आर्थिक समावेशीता पछाडि परेकोले अझै धेरै प्रयासहरू गर्नुपर्ने कुरामा जोड दिए।

फिनल्याण्डका राजदूत महामहिम रिना रिक्का हिक्काले नेपालको विकासका लागि फिनल्याण्डको प्रतिबद्धतालाई दोहोर्याउँदै महिला उद्यमीलाई सहयोग, डिजिटल खाडललाई कम गर्ने र समावेशी आर्थिक प्रणालीहरूलाई प्रवर्द्धन गर्ने आवश्यकतामा जोड दिनुभयो।

कार्यक्रमको अन्त्यमा युरोपेली युनियनका राजदूत महामहिम भेरोनिका लोरेन्जोले समापन मन्तव्य प्रस्तुत गर्दै महिलाको आर्थिक सशक्तिकरणको महत्वलाई फेरि पनि जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी युरोपेली युनियन औपचारिक क्षेत्रमा लैङ्गिक समता प्राथमिकताका लागि निजी क्षेत्र र महिलाहरूसंग मिलेर काम गर्न तत्पर छौं।”

यसरी, ‘रिङ द बेल’ अभियानले WEPS को प्रवर्द्धन, नीतिगत सुधारका लागि पैरवी र वास्तविक परिवर्तनको माग गर्दै देशको आर्थिक विकासमा महिलाको समान सहभागिता र आर्थिक अवसरहरूमा समान पहुँचको लागि निरन्तर खबरदारी गरिरहेको छ।

युएन वीमेनकी संचार अधिकृत संघर्ष पन्तले ‘रिङ द बेल’ कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com