मतदाता भएको पहिलो अनुभव, आफैलाई पनि भोट हाले, जिते वडाअध्यक्ष
पाल्पा ।
पहिलोपटक मतदाताको अनुभव संगालेका पाल्पाका एक युवा वडाको वडाध्यक्ष बनेका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नं १ हुगीका ती युवा पहिलोपटक मतदानमा सहभागी भए आफैलाई भोट समेत हाले र वडाअध्यक्ष समेत बन्ने सौभाग्य पाएका छन् ।

हुगी साठीबजारका इश्वरी काफ्ले अहिले जिल्लामा चर्चामा छन् । पहिलोपटक भोटको अनुभव लिएका ३८ बर्षे युवा गाउँपालिकाको संयन्त्र चलाउने वडा अध्यक्ष हुन सफल भए । उनको गाउपालिकाका एउटा वडाको मतगणना चलिरहेको छ भने अन्य वडामा अर्को पार्टी बिजयी भएको छ । झण्डै १८ बर्ष बिदेशमा रहेका काफ्लेले निरन्तर गाउँको विकासमा काम गर्दै आए । बिदेशमा हुँदा नेपाल र आफ्नो जन्मभुमि कत्तिको माया लाग्छ सायदै यहाँ रहनेले कल्पना गर्न सक्छ काफ्लेले भने- सानैदेखि अन्याय बिरुद्द लाग्ने स्वभाव म मा थियो । केही गर्ने आट र साथीहरुको हौसलाले म निरन्तर सेवामा लाग्न प्रेरित भए ।
बिगतमा मतबाट जोडिन नसकेपनि हुगीबासीको मनमा थिए त्यसैले निर्वाचनमा होमिने आट बढ्यो उनले भने । मत, मतदाता, राजनीति, निर्वाचनभन्दा लामाे समय बाहिर रहेर निस्वार्थ सेवामा लागेका इश्वरीको जित संगै पालिकामा मात्र होइन जिल्लामा नै उनी चर्चामा छन् ।
समाज विकासलाई मुख्य ध्ययमा राखेर निर्वाचनमा उमेदवार बनेका काफ्ले संग व्यक्तिगत महत्वाकांक्षी केही छैन । निर्वाचन जितेपछि व्यक्तिगत तलव नलिने बरु सेवा नै धर्म ठानेका उनको सामाजिक रुपमा उत्कृष्ट वडा बनाउने परिकल्पनाले ४१ बुदे प्रतिबद्धता संगै विकासमा आवस्यकता अनुरुप लाग्ने बताए । कृषि, शिक्षा, स्वास्थ्य, स्वरोजगार र पर्यटन प्रवर्द्धनलाई मुख्य योजनामा समेटेका उनले प्राबिधिक र व्यबहारिक विकासलाई अघि बढाउने बताएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका काफ्ले नेपाली काङ्ग्रेस रम्भाकाे सचिव समेत हुन् । सेवामा तल्लिन युवाकै खाचो रहेको भन्दै वडाका युवाहरुले उनलाई साथ दिए । मत युवादेखि जेष्ठ सबैको पाए । नेकपा एमालेकाे २५/३० वर्षदेखिकाे छत्रलाइ तिनै युवाले चिर्न सफल भए ।
घरपरिवारको भविश्यका लागि विदेशमा काम गर्न जानुपर्ने नेपालीको बाध्यात्मक अबस्थामा उनले जति समय बिदेश बसे गाउँको लागि पनि उत्तिकै पसिना चुहाए । नेपाली समाज/ पाल्पाली समाजमा रहेर र व्यक्तिगत पहलमा काफ्लेले धेरै क्षेत्रमा सहयोग पुर्याएका छन् ।
यही सहयोग मिलनसार र सेवामा कटिबद्द भएकै कारण गाउँ फर्के लगत्तै उनीलाई सरकारको अंगमा बसेर काम गर्न प्रेरित गरायो । त्यो हौसला आम हुगीबासीले दिएको उनले बताए ।
राजनिति प्रति पछिल्लो समय कतिपयमा तिक्तता बढिरहदा यहाँका युवा राजनितिबाटै समाज परिवर्तन गर्न युवा बर्ग चाहिने बताउछन् ।
बाहिर रहेर काम गर्दा भन्दा उमेदवार र प्ररिस्पर्धी हुँदा झनै जिम्मेवार बनिने रहेछ सबल न्युज डट्कम संग उनले भने- मतदानकाे नयाँ अनुभव संगै जिम्मेवारी पाउँदा निकै खुसी छु आम हुगेली जनतामा आभार सहित अब एक ढिक्का बनेर वडाको बिकासमा लाग्न प्रतिबद्ध छु ।
२० बर्षे लक्का युवक बिदेशमा कमाउन पुग्यो । केही कमायो त्यो भन्दा चिन्ता नेपाली र गाउलेको लाग्यो । काम गर्नु छ्दैछ घर फर्किने मन पलाउदै जान्थ्यो ईश्वरले सुनाए । केही सहयोग जुटाएर यहाँका दिनदु:खी असहायलाई पठायौ, उहीँ समस्यामा परेका नेपालीका लागि लागी पर्यौ महामारी पनि सुरू भयाे । गाउँ फर्किने अठोट बढ्यो । दु:ख नजिकबाट बुझेका ईश्वर काफ्ले कतारलाइ सधैँका लागि हात हल्लाउँदै गाउँ फर्किए । समाजसेवामा होमिए । यिनै युवाले वडाअध्यक्ष भएपछि पहिलोपटक अन्तर्वार्ता दिदै अब सपथ पछि काममा लाग्ने अठोटलाई आत्मसाथ गरेका छन् ।