2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा समिरमान सिंह निर्वाचित

नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा समिरमान सिंह निर्वाचित


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन १७ २०८१
1.1K

पाल्पा।

नेपाल औषधि व्यवसायी संघ पाल्पा शाखाको अध्यक्षमा समीरमान सिंह निर्वाचित हुनुभएको छ । संघको आठाै साधारण सभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा समीर मान सिङ निर्वाचित हुनु भएको हाे । अधिवेशन तथा औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री माननीय खेमबहादुर सारुकाे प्रमुख आतिथ्यता रहेको थियाे । अध्यक्षमा निर्वाचित सिंह टाउन क्लिनिक तानसेन पाल्पाका सञ्चालक समेत रहनुभएको छ

शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सूर्य बस्याल, महासचिवमा मैना सुवेदी ,सचिवमा बेनी माधव आचार्य, कोषाध्यक्षमा सचिन बिष्ट,सह-काेषाध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित हुनु भएको छ ।  त्यस्तै सदस्यहरुमा ईश्वरी प्रसाद बि सी,रिता पाण्डे,अनिल थापा, पदेन सदस्यमा विष्णु केसी र मनोनित सदस्यमा विष्णु रेग्मी हुनुभएको छ।

पाल्पा जिल्लाका औषधी व्यवसायीहरूको छाता संगठनको रुपमा रहेको संस्था नेपाल औषधी व्यवसाय संघ पाल्पा शाखाले औषधी व्यवसायीहरूको हकहित र अधिकारका लागि काम गर्दै आइरहेको छ । निर्वाचित अध्यक्ष समीरमान सिंहले आगामी दिनमा संघले औषधी व्यवसायीहरूको हकहित र अधिकारको सुनिश्चित गर्दै सकारात्मक र रचनात्मक कार्यक्रमहरुलाई अगाडि बढाउने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com