नगर गौशालाको आयोजनामा लोकभजन प्रतियोगिता
पाल्पा ।
रामपुर नगर गौशालामा आयोजित लोक भजन प्रतियोगितामा राधाकृष्ण भजन समूह चापाकोट ६ केलादीको मनिषा पोखरेलको समूहले प्रथम स्थान प्राप्त गरेको छ ।
बि.स.२०७५ सालमा स्थापना भई गाई व्यबस्थापन गर्दै आएको नगरगौशालाले सस्थाको छैठौं बार्षिकोत्सवको अबसरमा खुला भजन प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा पाल्पा र स्याङ्जाका भजन समुहले भाग लिएका थिए ।
८ समुहले सहभागिता जनाएको प्रतियोगितामा बराह ब्राह्मण एकादशी समूह रामपुर ८ सेराको दुर्गा आचार्यको समूह द्दितिय भएको छ । प्रतियोगितामा तृर्तिय राधा कृष्ण दामोदर एकादशी समूह रामपुर ६ बिजयपुरको प्रभु खनालको समूह तृतीय र गौशाला चोक एकादशी भजन कृतन समूह रामपुर ६ गौशालाको घनादेवी भन्डारीको समूह सान्त्वना भएको छ।
प्रदेश सभाका उपसभामुख मेनुका खाण केसीले वैदिक सस्कृतिलाई अबलम्बन गरेर निति र नैतिकतामा जोडिन सकिने बताउनुभयो । पश्चिमी सस्कृतिलाई स्थान दिदै गर्दा मौलिकता बोकेको हरेक कार्जेमा आबश्यक पन्चकाव्य परम्परागत अबलम्बन मात्र होइन गाईको दूध, गोबर, मुत्र जस्ता हरेक चिज बैज्ञानिक तबरले पनि पुष्टि भएको छ ।
गौशालाका अध्यक्ष हुमनाथ न्यौपानेले सस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णुमाया ढकाल, सल्लाहकार सागर प्रसाद देवकोटा, रामपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल, उच्च अदालतका पुर्व न्यायाधिस अनन्त डुम्रेले मौलिकता जोगाउने अर्को पुस्तालाई ध्यानाकर्षण गराउन कार्यक्रम फलादायी हुने बताउनुभयो ।
यसैबिच, नेपाली काङ्ग्रेसका नगर उपसभापति ज्ञान प्रसाद भण्डारी, नेकपा एमालेका नगर उपाध्यक्ष अशोक श्रेष्ठ, एकीकृत समाजबादीका नगर अध्यक्ष फणेश्वर गौतम, राप्रपाका नगर अध्यक्ष राजेन्द्र प्रसाद ढकाल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष राम प्रसाद गैरे, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले गौशालाको व्यबस्थापन र गौ संरक्षणका बिषयमा बिचार व्यक्त गर्नुभएको थियो ।
नगर गौशाला व्यबस्थापन समितिका उपाध्यक्ष ठानेश्वर अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सचिब बासुदेव ढकालले गर्नुभएको थियो ।
सोही कार्यक्रमको अबसरमा रामपुर ५ बेझाड बस्ने प. धर्मादत्त पाण्डेले पुजाआजाको अबसरमा गौ सेवाका लागि आएको रकम अर्थात् गाई पुजाको लागि दिएको रकम हस्तान्तरण गर्नुभएको छ । गौशालामा हाल २ सय ९ गाई छन् ।
यसैबिच, तालपोखरा भजन कृतन समूह रामपुर ६ तालपोखराको सीता भण्डारीको समूह, नन्दवाला भजन कृतन समूह रामपुर ६ प्रसिद्ध कडेलको समूह, सिद्दिबिनायक एकादशी भजन कृतन समूह रामपुर ६ तालपोखरा कौवाको गणेश प्रसाद देवकोटाको समुह, अकला कालिका भजन कृतन समूह रामपुर ६ मैदानबारीका लाल प्रसाद भट्टराईको समुह प्रतियोगितामा सहभागी थिए । बिजेता समुहलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश उपसभामुख मेनुका खाण केसी सहित अध्यक्ष न्यौपानेले नगद सहितको पुरस्कार हस्तान्तरण गर्नुभएको छ ।