2

Logo २०८३ बैशाख १३ आइतबार
प्रथम लोकतान्त्रिक महोत्सव पाल्पामा, मिसन ०८४ होइन,यी ३ बर्षमा विकासको जग बसाल्नुपर्छ- नेता गगन थापा

प्रथम लोकतान्त्रिक महोत्सव पाल्पामा, मिसन ०८४ होइन,यी ३ बर्षमा विकासको जग बसाल्नुपर्छ- नेता गगन थापा


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०८१
1.1K

पाल्पा ।

जबसम्म लोकतन्त्रको सस्थागत हुदैन तबसम्म नागरिकको विकास सम्भव नरहेको नेपाली काङ्ग्रेसका महामन्त्री तथा युवा नेता गगन थापाले बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री थापाले पाल्पामा प्रथम लोकतान्त्रिक महोत्सवको उद्घाटन गर्दै लोकतन्त्र प्राप्तिको लागि भएका ईतिहास साची रहेको बताउदै अब नागरिकको समुन्नत बिकासको लागि सम्मानपुर्वक सबै मिलेर जानुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस पूर्वखोला गाउँ कार्यसमितिको आयोजनामा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर भएको महोत्सवले लोकतन्त्रको सुदृढीकरण, स्थानीयस्तरमा प्रजातान्त्रिक चेतनाको अभिवृद्धि, स्वास्थ्य सचेतना र आर्थिक विकासको कोशेढुङ्गा हुने बिश्वास लिइएको छ । लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसले अहिले नै ०८४ सालको निर्वाचन बारे सोच्न नहुने बताउनुभयो । समयको महत्वलाई बुझ्नुपर्छ, ‘नेपाली कांग्रेसले समयको महत्व बुझ्नु पर्छ । कांग्रेसले ०८४ को चुनावबारे अहिले चर्चा गर्न पाउँदैन । निर्वाचन ढाचा अनुरुप अहिलेसम्म एउटै पार्टीले सरकार बनाउन सकेको छैन । सरकार चलाउन कुनै न कुनै पार्टी संग मिल्नुपर्छ,अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाएको छ ।’

‘अहिले जसले पनि ०८४ पछि देश बनाउँछु भनेका छन् । अबको तीन वर्ष के गर्ने त? बीपीको सरकार जम्मा १८ महिना चलेको हैन? एमालेले सबैभन्दा बढी चर्चा गर्ने मनमोहनको सरकार ९ महिना चलेको हैन?  काम गर्नेलाई तीन वर्ष बढी नै हो । तसर्थ तीन वर्षको समयका लागि कांग्रेसले मिसन ०८४ हैन मिसन गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारी भन्नुपर्छ ।’ निर्वाचनको विषयमा भन्दा पनि कांग्रेस र एमाले नेतृत्वको सरकारले अबको तीन वर्ष भित्र विकासको जग बसाल्नु आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

पूर्वखोला गाउँपालिकाको रिङ्नेरह हाटबजार मैदानमा भएको महोत्सबमा नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेशका सभापति अमर सिं पुनले अब हराभरा र बिकासको लागि अब नेतृत्व काङ्ग्रेसले गर्ने बताउनुभयो। लोकतन्त्र लोकका लागि हो आफ्नो पार्टीको लागि होइन त्यसैले अर्को पार्टीलाई पनि सहकार्य गर्दै अगाढी बढ्न उहाँले आग्रह गर्नुभयो ।

काङ्ग्रेस केन्द्रिय सदस्य तथा १०० दिने अभियानका पाल्पा जिल्ला प्रतिनिधि भरत कुमार शाहले काङ्ग्रेसको अभियान पाल्पाको गाउँ गाउँमा पुगेको बताउनुभयो । महिला, बालबालिका, पछाडि पारिएका समुदायको लागि काम गर्न ढिला भएको बताउदै उहाँले काङ्ग्रेस संसद संविधान संसोधनका लागि अग्रसर भएपनि लैङिक र समाबेशीताको सम्पन्नतालाई अझ जोड दिने गरि अघि बढ्ने बताउनुभयो ।

प्रदेश सदस्य निमा गिरीले काङ्ग्रेस अभिव्यक्ति  स्वतन्त्रताको लागि लडेको बताउनुभयो । महिलाहरु फड्के किनाराको साची बनाइएका छन्। कर्नरमा छन् अब केन्द्र सेन्टर हुनुपर्छ, यसको लागि आफुले प्रदेश सभामा कुरा उठाइरहेको बताउदै संसदमा निस्दीको काउलेडाडाको वनका बारेमा बोलेको स्मरण गर्नुभयो । पुर्वखोला झर्ने बाटोदेखि यहाँको विकासलाई सम्बोधन हुने गरि ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले लोकतन्त्र स्थापनाको लागि लोकतान्त्रिक र कम्युनिस्ट संगै लडाई लड्ने लोकतन्त्र प्राप्त भएपछि छुट्टिएर बिकास सम्भव होइन रहेछ ।  उहाँले गठबन्धनको मर्म र भावना पुर्वखोलाबासीले महशुस गरेका छैनन् त्यसका गठबन्धनको मर्म तल्लो तहका नागरिकले महशुस हुने गरि काम गर्न आग्रह गर्नुभयो । २०१६ को केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने टंकनाथ काफ्लेको गाउँमा अझ नागरिक दमित हुनु नहुने उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेस पुर्व सभापति तथा पुर्व मन्त्री वीर बहादुर रानाले गाउँ हराभरा र बिकासको लागि काङ्ग्रेस लागेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका प्रदेश सदस्य एवं काङ्ग्रेसको १०० दिने अभियानका पुर्वखोला संयोजक सन्दीप रानाले अधिकारको लागि पुर्खाले रगतको क्रान्ति  गर्नुभयो अबको पुस्ताले पसिना बगाउनुपर्छ, बिकास तर्फ लैजानुपर्छ। जब सम्म स्वाबलम्भ हुन सक्दैनौ । जबसम्म एक अर्काको निचार बिस्मर्श गर्न सक्दैनौ गल्ती गरेको पनि थाहा हुदैन त्यसैले अबको पुस्ता बिचारले अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेस जिल्ला उपसभापति ज्ञान बहादुर गाहा, काङ्ग्रेस क्षेत्रीय सभापति झमनराज राजमगर, नेपाल महिला संघका केन्द्रिय सदस्य पबित्रा ढकाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले काङ्ग्रेसले राणा फाल्नदेखि संविधान निर्माण र नेपालीको आबश्यकतालाई महशुस गरेर नागरिकको पक्षमा काम गरेको बताउनुभयो । पुर्बखोलाका अधिकाम्श नागरिक झण्डै ९८ प्रतिशत कृषि पेशा अबलम्बन गरेपनि प्राविधिक सीप नभएको र हरेक सीप संगै नागरिकलाई जोड्न टट्कारो रहेको बताएका थिए ।

प्रथम लोकतान्त्रिक महित्सवमा पुर्बखोला ५ को मौलिक झाम्रे, कौरा, पुर्बखोला १ सिलुवा, जल्पाको लोक पन्चेबाजा घन्काउदा नेता गगन थापा सहितका अतिथी नाच्नु भएको थियो । लोपोन्मुख सांस्कृतिक परम्परागत नाच,स्थानीय कलाकारहरूको प्रस्तुति देखाइएको थियो । महोत्सवमा चलाइएको नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा गाउँ गाउँबाट आएका नागरिकले जाच गराएका थिए । पालिकाका हरेक स्थानीयबासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ भन्ने सन्देश समेत बोकेको छ ।

स्थानीय उत्पादनको प्रदर्शनी राखिएको मेलाले किसान, उद्यमी र व्यवसायीहरूलाई फाइदा पुगेको छ । मेलामा डालो, डोको, नाम्लो देखि हसिया, खुकुरी सहितका औजार, ढेकीदेखि काठबाट बनाएका सामग्री, बारीमा फलेका केराउ, सखरखण्ड, पकाइएका बारा बटुक सहितका आफ्नो उत्पादन बिक्रि गरेका थिए ।

नेपाली काङ्ग्रेस पुर्वखोला गाउँपालिका सभापति बिष्णुकुमारी आर्चायले प्रथम लोकतान्त्रिक महोत्सव पहिलोपटक मात्र होइन यस्तो किसिमको सभा पहिलोपटक आयोजना गरि हजारौं दर्शक उतार्न सफल भएको बताउनुभयो । पुर्बखोलामा नेपाली काङ्ग्रेसको शान गगन थापाको उपस्थितिले ऐतिहासिक भएको बताउनुभयो ।

कार्यक्रममा सहभागीलाई नेपाली काङ्ग्रेसका मेघराज न्यौपानेले स्वागत गर्नुभएको थियो भने गोपाल रानाको सञ्चालनमा कार्यक्रम चलेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com