2

Logo २०८३ बैशाख १४ सोमबार
वडाको बजेटमा ओकेवाजेले थपेर अपाङ्गता भएकालाई ह्वीलचियर

वडाको बजेटमा ओकेवाजेले थपेर अपाङ्गता भएकालाई ह्वीलचियर


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१
1.3K

पाल्पा ।

रामपुर नगरपालिका वडा नम्बर ७ का ९ जना अपाङ्गता भएका नागरिकलाई ह्वीलचियर बितरण गरिएको छ । खुट्टाले हिड्न नसक्ने घिस्रीएर हिड्नु पर्ने वा परिवारको सहयोगमा रहेका ९ जनालाई वडा कार्यालयको बजेट र ओकेबाजेको सहयोगमा  ह्वीलचियर प्रदान गरिएको छ ।

लक्षित समुदाय अन्तर्गत सहयोग सहकार्य र केही अपाङ्गताको सुझाब अनुरुप यसबर्ष वडाका यी अपाङ्गता भएकालाई ह्वीलचियर प्रदान गरिएको रामपुर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दोबराज तिवारीले जानकारी दिनुभयो । वडामा आयोजित कार्यक्रममा अपाङ्गता भएका नागरिक र उनका परिवारको उपस्थितिमा जापानीज नागरिक काजुमासा काकिमी ओकेबाजे र वडा अध्यक्ष तिवारीले अपाङ्गता नागरिकलाई भित्र बाहिर गर्न, बस्न सहज होस् भनेर ह्वीलचियर हस्तान्तरण गर्नुभयो ।

ह्वीलचियर बितरण गर्दै काजुमासा काकिमी ओकेबाजेले आम नागरिक अझ शारीरिक रुपमा अशक्त भएर सहारा लिनुपर्ने व्यक्तिको दैनिकी सहज होस् भनेर ह्वीलचियर प्रदान गरेको बताउनुभयो । उहाँले व्यक्ति जन्मजात वा पछि कुनै न कुनै कारण अपाङ्गता हुन सक्ने भन्दै समस्यामा रहेका त्यस्ता नागरिकको सारथि बनेको जानकारी दिनुभयो ।

वडा अध्यक्ष दोबराज तिवारीले अपाङ्गताको दैनिकीमा आउने समस्या र सहजताका लागि वडाले आफ्ना वडाका नागरिकलाई ह्वीलचियर बितरण गरेको बताउनुभयो । रामपुर नगरपालिका ७ नम्बर वडाका बल बहदुर राना, लाल प्रसाद पाठक, राम प्रसाद श्रेष्ठ, सन्जु पौडेल, पार्वती अधिकारी, रोहित सुनार, डुनाकला मानन्धर र सरिता बिक लाई ह्वीलचियर प्रदान गरिएको हो ।

वडा कार्यालयको ५० हजार र काजुमासा काकिमी ओकेबाजेको अन्य सहयोग गरि झण्डै १ लाख ११ हजार खर्चमा ह्वीलचियर बितरण गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com