रामपुर महोत्सवमा विधागत र वडा तहका गरि ५७ उत्कष्ट किसान पुरस्कृत
पाल्पा ।
पाल्पाको रामपुरमा जारी रामपुर महोत्सव तथा कृषि प्रदर्शनी एंव व्यापार मेलामा दर्जनौ कृषक पुरस्कृत भएका छन् । मेला उद्घाटनको अबसरमा भएको झाँकी देखि मेला अबधिभरमा भएको कृषि तथा पशुपंक्षि प्रदर्शनीमा उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
प्रदर्शनीमा राखिएका कृषि उपज र नगरमा सञ्चालनमा रहेका पशुपंक्षि फर्मको मुल्यांकन गरी शनिबार मेलाको मञ्चमा आयोजित कार्यक्रममा कृषकलाई पुरस्कार वितरण गरिएको हो । मेलाको अबसरमा रामपुर नगरपालिकाले प्रर्दशनीमा राखेका विधागत उत्कृष्ट किसान र नगरपालिका भित्र व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्दै आउनु भएका वडाका ३ जनाका दरले ३० कृषकहरुलाई पुरस्कृत गरिएको छढ । मेलामा कृषि तथा पशुपंक्षिपालक कृषकलाई प्रोत्साहन गर्दै प्रदर्शनी आयोजना गरिएको थियो ।
शनिबार रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ, रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, नगरपालिका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे, कृषि, पशुपंक्षि तथा स्थानीय उत्पादन प्रवद्र्धन उपसमितिका संयोजक सुर्यप्रसाद रेग्मीले कृषकहरुलाई सम्मान सहित नगद पुरस्कार प्रदान गर्नु भएको हो ।
प्रदर्शनीमा पशुपालनतर्फ गाईभैसी पालनमा प्रथम भैंसी पालक कृषक रामपुर ६ का मिना अर्याल, द्वितिय रामपुर ५ का कृषक दिपक ढकाल, तृतीय रामपुर ७ स्थित नारायण प्रसाद भट्टराई हुनु भएको छ । बंगुरपालनमा रामपुर नगरपालिका १० का नमनाथ कुमाल प्रथम, रामपुर नगरपालिका ४ का गोविन्द बहादुर कामी द्वितिय र रामपुर नगरपालिका ७ का अनिता हमाल तृतीय हुनु भएको छ ।
बाख्रापालन तर्फ रामपुर ५ का नारायण प्रसाद भण्डारी प्रथम, रामपुर नगरपालिका ४ का तुल बहादुर मल्ल द्वितिय, रामपुर नगरपालिका ४ का लिला बहादुर श्रेष्ठ तृतीय र रामपुर नगरपालिका ७ का मुकुन्दराज पोखरेल सान्त्वना हुनु भएको छ । पंक्षिपालन तर्फ रामपुर ७ का तुल बहादुर थापा उत्कृष्ट हुनु भएको छ । प्रतियोगीतामा प्रथम, दित्तिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद तीन हजार एक सय, २ हजार एक सय, १ हजार ५ सय र एक हजार नगद प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट हुन सफल कृषकलाई दुई हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कृषि तर्फ फलफूल तथा नर्सरी विद्यामा रामपुर ४ का दिल बहादुर थापा उत्कृष्ट हुनु भएको छ । तरकारी बाली वाली तर्फ निस्दी २ का यम बहादुर मश्राङ्गीले उत्पादन गर्नु भएको गोलभेँडा प्रथम, रामपुर ६ का शिव बस्यालले उत्पादन गर्नु भएको मुला द्वितीय, रामपुर ५ का दासीकुमारी सुनारीले उत्पादन गरेको कृषि उपज तृतीय र रामपुर ७ का गिता भट्टराई, रामपुर ६ का चित्रा देवकोटा, रामपुर ६ का सावित्रा पंगेनी, रामपुर ६ का सुन्दर प्रसाद देवकोटाले उत्पादन गर्नु भएको उपज सान्त्वना भएको छ ।
मसलाबाली तर्फ प्रथम रामपुर ४ जिता देवी नेपालीले उत्पादन गरेको बेसार, द्वितीय रामपुर ६ का मणिराम अधिकारीले उत्पादन गरेको धनियाँ र तृतिय रामपुर ६ गंगा बस्याल उत्पादन गर्नु भएको सोँफ भएको छ । गानो तथा आलुबालीमा प्रथम रामपुर ६ का दिल्ली मायाँ पोखरेलले ल्याउनु भएको तरुल, द्वितीय निस्दी–१ बाकामलाङ्ग दान बहादुर रजालीले ल्याउनु भएको पिँडालु, तृतिय रामपुर ६ का कमला रेग्मी जनकदेव आलु, सान्तवना रामपुर ६ नन्द बहादुर कुमालको चुल्ठे तरुल र रामपुर ८ का सीता भट्टराईको पिँडालु र रामपुर ६ का घनश्याम बस्यालले ल्याउनु भएको कृषि उपज भएको छ ।
फलफूलतर्फ प्रथम रामपुर ६ का भिमा ढकालले उत्पादन गर्नु भएको केरा, द्वितीय रामपुर ६ पशुपति रेग्मीले उत्पादन गर्नु भएको रुख बयार, तृतिय रामपुर ६ का सिजन रेग्मीले ल्याउनु भएको इमिली, सान्तवना रामपुर ८ का खड्ग बहादुर साठीघरले ल्याउनु भएको सुन्तला, रामपुर ६ का गिता खनालले ल्याउनु भएको उखु र रामपुर ७ विष्णु माया ढकालले प्रदर्शनीमा ल्याउनु भएको केरा भएको छ ।
कृषितर्फ उत्कृष्टलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद दुई हजार पाँच सय, २ हजार एक सय, १ हजार ५ सय र एक हजार नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । महोत्सवको अवसरमा रामपुर नगरका प्रत्येक वडाका ३÷३ जना गरी ३० जना कृषकहरुलाई सम्मान गरिएको थियो । निरन्तर व्यवसायिक कृषिमा लागेका कृषकहरुलाई छनौट गरी नगद एक हजार सहित प्रमाण पत्रका साथ सम्मान गरिएको हो । कृषि प्रदर्शनी कार्यक्रमका संयोजक सुर्यप्रसाद रेग्मीले प्रदर्शनीमा सहभागी भएका कृषकलाई मुल्याङ्कन गरेर पुरस्कृत गरिएको जानकारी दिनुभयो ।
साथै, निरन्तर रुपमा व्यावसायिक कृषिमा लाग्दै आउनु भएका कृषकहरुलाई प्रोत्साहन गर्न यस पटक वडाको सिफारिसमा ३० जना किसानलाई सम्मान गरिएको छ । कार्यक्रममा रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले मुल्याङ्कनका आधारको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमको सञ्चालन संघका सल्लाहाकार एवं प्रमाणपत्र छपाई तथा प्रकाशन उपसमितिका संयोजक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।