प्रेस चौतारी पाल्पाको अध्यक्षमा पुनः कृष्ण कार्की
पाल्पा ।
प्रेस चौतारी नेपाल पाल्पा जिल्ला शाखा पाल्पाको अध्यक्षमा पुनः कृष्ण कार्की निर्वाचित हुनुभएको छ । उपाध्यक्ष खुला शोभाकान्त पाठक र महिला रिमा सोमै, सचिव दयाराज न्यौपाने, सहसचिव भुवन रायमाझी र कोषाध्यक्ष नेत्र गैरे निर्वाचित हुनुभएको छ ।
सोमबार भएको प्रेस चौतारी पाल्पाको अधिबेसनबाट निविरोध समिति चयन भएको हो । समितिको सदस्यमा जनक राज भट्टराई, सुवास विसी, खेमराज पाण्डे, गुणवती केसी, प्रेम वाकावल, खुम बहादुर पौडेल, सुमित्रा कंडेल निर्वाचित हुनुभएको छ ।
चौतारीको केन्द्रिय प्रतिनिधिमा बन्दना पोखरेल, सन्तोष बस्याल र टिकाराम बस्याल छनौट हुनुभएको छ भने प्रदेश प्रतिनिधीमा गिता ज्ञवाली र नवराज ज्ञवाली छनौट हुनुभएको छ ।