2

Logo २०८३ बैशाख १३ आइतबार
कक्षा शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम

कक्षा शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम


Sabalnews प्रकाशित मिति : सोमबार, माघ १४ २०८१
1.2K

पाल्पा ।

रामपुर नगरपालिकाले नगर भित्रका शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ ।
कक्षा शिक्षणमा शैक्षिक सामाग्रीको प्रयोग र प्रभावकारी शिक्षण सिकाईबाट शैक्षिक गुणस्तर ल्याउन सकिन्छ भन्ने उद्देश्यले नगर शिक्षा शाखाले नगरका सबै विद्यालयको प्रतिनिधित्व हुने गरि विद्यालय बन्दको मौका पारी तालिम दिएको हो ।

तालिममा नगरभित्रका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी सिप सिकाएको हो । प्राथमिक तहका ३० र आधारभूत तह तथा माध्यमिक तहका ३० जना शिक्षकहरुलाई २/२ दिन गरि ४ दिन सम्म कक्षा शिक्षणका क्रममा प्रयोग गरिने विभिन्न शैक्षिक सामग्री निर्माण गर्ने सिप सिकाईएको हो ।

कार्यशालामा शिक्षकले घर गाँउमा पाइने बस्तु र बजारबाट सामान किनेर विभिन्न थरिका सामाग्री निर्माण गर्नुभएको छ ।
बनेको सामाग्रीको अबलोकन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले शैक्षिक गुणस्तर वृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो । यस्ता सामग्रीको प्रयोगले विद्यार्थीको सिकाई छिटो हुने र विद्यार्थीले नयाँ नयाँ बस्तु र सामान देख्न छुन पाएपछि विद्यार्थीमा सक्रियता बढ्ने विश्वास लिइएको नगरपालिका शिक्षा शाखा प्रमुख विकल काफ्ले बताउनुभयो । स्थानीय स्तरमा प्राप्त स्रोत साधन थोरै समय र विना लगानीमा शैक्षिक सामग्री निर्माण गरि राम्रो र रमाईलो वातावरणमा कक्षा शिक्षणका गर्न सकिन्छ भन्ने हेतुले तालिम चलाईको हो- काफ्लेले भन्नुभयो ।

नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गाउँघरमा भएका बोटविरुवा, ढुंगा, माटो, काठ, हरिया तथा सुकेका पात, उत्पादित गेडागुडी, फल तथा फूल सहित विभिन्न थरिका कागजपत्रको प्रयोगमा कक्षा शिक्षणका बखत प्रयोगमा आउने शब्द र सो विशेषलाई चिनाउने सामाग्री निर्माण गरिएको बताउनुभयो ।

प्रशिक्षक मेनुका थापा र सुमिना कुवँरले प्रभावकारी कक्षा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com