2

Logo २०८३ बैशाख १३ आइतबार
प्रधानमन्त्री ओली माघ ११ गते पाल्पा आउनुहुने,बगनासकाली गाउँपालिका कार्यालय भवनको उद्घाटन हुने

प्रधानमन्त्री ओली माघ ११ गते पाल्पा आउनुहुने,बगनासकाली गाउँपालिका कार्यालय भवनको उद्घाटन हुने


Sabalnews प्रकाशित मिति : बुधबार, माघ ९ २०८१
1.5K

पाल्पा ।

प्रधानमन्त्री केपी शर्मा ओली माघ ११ गते पाल्पा आउनुहुने भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओली यस दिन सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङ्गमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुनुहुनेछ ।

यसका साथै, उहाँले नवनिर्मित दुई गाउँपालिकाका भवनहरूको उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ। प्रधानमन्त्री ओलीले बगनासकाली गाउँपालिका र तिनाउँ गाउँपालिकाका कार्यालय भवनहरूको उद्घाटन गर्नुहुनेछ।

प्रधानमन्त्री ओली बिहान १० बजे हेलिकप्टरमार्फत् काठमाडौंबाट बगनासकाली गाउँपालिका आउने कार्यक्रम छ। बिहान ११ः १५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेपछि, उहाँ सिद्धबाबा सुरुङ्गमार्गको ‘ब्रेक थ्रु’ र तिनाउँ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com