2

Logo २०८३ बैशाख १४ सोमबार
आज माघे सन्क्रान्ति देशभर मनाइदै, स्नान गर्न मेला भर्न बिहानदेखि नदी छेउछाउमा भिडभाड

आज माघे सन्क्रान्ति देशभर मनाइदै, स्नान गर्न मेला भर्न बिहानदेखि नदी छेउछाउमा भिडभाड


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ १ २०८१
1.2K

काठमाडौँ ।

आज माघे सन्क्रान्ति मुलुकभर बिभिन्न्न परिकार खाने, भेटघाट गर्ने तथा आशिर्वाद लिएर मनाईदैछ । थारू समुदायका साथै मगर र नेवार एवं अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व विभिन्न तरिकाले मनाउने गर्दछ्न् ।  सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।

आजको दिन देशका विभिन्न नदी ताल तलैवामा स्नान गर्नेको सबेरैदेखी भिड छ । देशका धार्मिक स्थल देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ।  यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्।  तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्। थारु समुदायले माघीको रुपमा हिजोअस्ती देखिनै धुमधामले तयारी गरि माघी मनाउदैछ्न् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

धर्मसिन्धमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने, दान गर्ने, जलाशयमा गई स्नान गर्ने, ध्यान गर्ने उल्लेख छ यसो नगरे व्यक्ति जीवनभर रोगी हुने धर्मशास्त्रविद् को भनाई छ ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ।  आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ।  माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी फुरौला आदि खाने चलन छ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो।  यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ।  शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

यसैबिच आज १०  औं राष्ट्रिय योग दिवस समेत हो । नियमित योग गर्नु शारीरिक र मानसिक हिवाबले उत्कृष्ट मानिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com