पहिलो पटक पाल्पामा जनप्रतिनिधिको पहिलो पदमा महिला
पाल्पा ।
पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष निर्वाचित सरस्वती चिदी लुम्बिनी प्रदेशकै पहिलो महिला अध्यक्ष हुनभएको छ । नेकपा एमालेका उमेद्धार चिदीले नेपाली काग्रेंसका उमेद्धार सुनिता अधिकारीलाई पराजित गर्दै प्रदेशमै पहिलो गाउँपालिका महिला अध्यक्ष हुन सफल हुनुभएको हो । प्रदेशमा १०९ स्थानीय तह छन् । यी स्थानीय तहमा निकै कम पालिकामा मात्र राजनितिक दलले महिलालाई उमेद्धार बनाए । उमेद्धार भएका केही पराजित भएका छन् ।
२०७९ सालको निर्वाचनमा राजनितिक दलबीच गठबन्धन भएकाले पनि उपप्रमुख पदमा महिला उमेद्धारले मौका कम पाए । धेरै पालिका उपप्रमुखमा पुरुष उमेद्धार निर्वाचित भएका छन् । उपप्रमुख महिला उमेद्धार कम हुदै गर्दा पाल्पाको एक गाउँपालिकामा भने उनै चिदी प्रमुखमा निर्वाचित हुन सफल हुनुभएको हो ।
गठबन्धन र नेकपा एमाले बिच भएको मुख्य प्रतिस्पर्धामा दुबै जना महिला उमेद्धारले स्पतिस्पर्धा गरेका थिए । गठबन्धन तर्पmबाट नेपाली काग्रेंसका उमेद्धार सुनिता अधिकारीलाई ८ सय ३३ मत अन्तरले पराजित गर्दै चिदी जिल्ला मात्र नभई प्रदेशमै पहिलो पालिका महिला अध्यक्ष बन्नुभयो । चिदीले ६ हजार ५ सय ६६ मत ल्याउदा अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष निर्वाचित चिदी गत २०७४ सालको निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । पाल्पामा ऐतिहासिक थपिएको छ । पहिलो पटक पालिका प्रमुखमा महिला पुगेका छन् । नेकपा एमालेले जिल्लाका सबै स्थानिय तहमा पुरुष महिलालाई प्रमुख वा उपप्रमुख उमेद्धार दिएपनि जिल्लाका केही पालिकामा गठबन्धनका कारण दुवै पदमा पुरुष निर्वाचित भएका छन् । यसले संविधानले निर्दिष्ट गरेको समानुपातिक प्रतिनिधित्वमा प्रश्न खडा भएको छ । नेपालमा कुल मतदाता पुरुषको दाजोमा महिला छन् भने पाल्पामा समेत महिला मतदाता पुरुषको दाजोमा बढी छन् ।
महिला पालिका प्रमुख निर्वाचित भएको बगनासकाली गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्ष हरि प्रसाद पाठक उपाध्यक्ष निर्वाचित भएका छन् । बिजयी पाठकले ५ हजार ८ सय ७३ मत ल्याएभने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डे (कमल) ले ४ हजार ७ सय ७८ मत प्राप्त गरे । १ हजार ५ मतको अन्तरमा पाठक बिजयी भएका हुन् । ९ वटा वडा रहेको बगनासकाली गाउँपालिकामा पहिले नेपाली काग्रेंसले अध्यक्ष र नेकपा एमालेकी चिदीले उपाध्यक्ष जितेकी थिइन् । ९ वडा मध्य हाल ६ वडा नेकपा एमाले र ३ वटा वडा नेपाली काग्रेंसले जितेको छ । अघिल्लो निर्वाचनमा यहाँ नेपाली काग्रेंसले ५ वडा जितेको थियो ।
८१ वटा वडा रहेको पाल्पामा हालसम्म ७६ वडाको मतपरिणाम आएको छ। जसमध्ये जिल्लामा पहिलो हुदै नेकपा एमालेले ३ वडा, नेपाली काग्रेंसले ३२, माओवादी केन्द्रले ५ वडा र राष्टिय जनमोर्चाले १ वडा जितेको छ । जिल्लाको रम्भा गाउँपालिकाको मतगणना रोकिएकोमा ६ दिनपछि शुक्रबार देखि गणना शुरु भएको छ ।