गाडीले ठक्कर दिदा पाल्पामा एक महिलाको ज्यान गयो
पाल्पा ।
बुटवलबाट गुल्मी जाँदै गरेको गाडीले तानसेन ११ सामाकोटमा पैदलयात्री एक महिलालाई ठक्कर दिदा उनको ज्यान गएको छ ।
पाल्पा-गुल्मी सडकखण्ड अन्तर्गत तानसेन ११ सामाकोटमा गुल्मीतर्फ जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीले सनिबार साझ पौने ६ बजे सोही ठाउँकी ४६ बर्षे सीता गहतराजलाई ठक्कर दिएको थियो ।
घाइते गहतराजलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाउदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।