2

Logo २०८३ बैशाख १३ आइतबार
बटुवा बास बस्ने ऎतिहासिक धर्मशाला अब संग्रहालय

बटुवा बास बस्ने ऎतिहासिक धर्मशाला अब संग्रहालय


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस २५ २०८१
2.8K

पाल्पा ।

नुन वा अन्य खाद्यान्न बोक्न बटौली जादा होस् या वालिङ अन्य कुनै कामका लागि जान आउन परेका बटुवा बास बस्ने पाल्पाको रामपुर खोप्टारमा रहेको लक्ष्मीनारायण धर्मशाला पुरानो पाटी अब लक्ष्मीनारायण पाटी संग्रहालय बनेको छ ।

रामपुर नगरपालिका ४ खोप्टारमा रहेको धर्मशाला झण्डै २०० बर्ष पुरानो हो । गत २०७२ सालको भुकम्पले क्षतबिक्षत भएको पाटीको पुर्ननिर्माण भएपछि अहिले संग्रहालय निर्माण गरिएको हो । लक्ष्मीनारायण गुठी द्वारा सञ्चालित ऐतिहासिक पाटी भवन/ धर्मशालामा तत्कालिन समयमा रेग्मी परिवारले चलाएकोमा रेग्मी परिवारले २०७५ सालमा समुदायलाई हस्तान्तरण गरेका थिए ।

पुरानै शैलीमा निर्माण भएको पार्टी ऐतिहासिक र पुरात्वात्विक रहेकोले यसको जगेर्ना, इतिहास हेर्ने थलोको रुपमा समुदायले संग्रहालयको रुपमा विकास गर्ने उद्देश्यले पुराना प्रचलनमा रहेका सामाग्री समुदायबाट नै जुटाएका छन् । सोही धर्मशाला पाटी बुधबारदेखि संग्रहालय भएको हो ।
लक्ष्मी नारायण पाटी संग्रहालय समितिले गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका भेषभूषा संग्रहालयमा राखेको छ ।

संग्रहालयको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले उद्घाटन गर्दै पुरानो धर्मशालालाई संग्रहालय बनाएर समुदाय अघि बढ्नु निकै उत्कृष्ट काम भएको बताउनुभयो । उहाँले पुर्खाहरुले प्रयोग गरेको सामग्री जुन अहिलेका लागि के होला? भन्ने लाग्छ त्यसको संग्रह गरेकोमा समितिलाई धन्यवाद दिदै नयाँ पुस्ताका लागि सिक्ने थलो भएको बताउनुभयो ।

रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाले संग्रहालयको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व भएको बताउनुभयो । रामतुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले रामतुलसी मावि समेत शुरुका दिनमा यही पाटीबाट शुरु भएको र पाटीले बटुवालाई गाँस र बासको आश्रय दिनु यस भेगकै नमुना भएको बताउनुभयो ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले रेग्मी परिवारबाट तत्कालिन समयमा धर्मशाला बनाएर बाटो हिड्ने बटुवा, पैदल यात्रीलाई थकाई मेट्न बस्ने, साझ बास बस्ने प्रबन्ध मिलाएको बताउनुभयो । ताम्रपत्र अनुसार विसं १८८९ भन्दा अघि पाटी निर्माण भएको हो । तत्कालिन रामपुर गाविस ८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको इतिहास छ । धर्मशालालाई पाटी भवनका नामले बढी चिनिन्छ । आजभन्दा ५० बर्ष अघि सम्मपनि नुन देखि खाद्यान्नका लागि बुटवल जाने तनहुँ, गोरखा लमजुङका नागरिक र वालिङ पुग्ने पुर्वी पाल्पाली र नवलपरासी, पुर्व काठमाडौ पुग्ने, गुल्मी,अर्घाखाँची, बाग्लुङका नागरिक यही धर्मशालामा बास वस्दथे । त्यहीको खाने या आफुहरुले ल्याएको खाद्यान्न पकाएर खाने, सुत्ने भरपर्दो ठाउँ पाटी थियो । पहिले होटेल हुदैनथ्यो सामान्य खानेको जोहो धर्मशालामा हुन्थ्यो धेरैलाई छ्हारी दिएको स्थानियले बताएका छन् ।

लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले संग्रहालय सञ्चालनमा गुठीले आवश्यक सहयोग गर्ने र समुदायबाटै समिति बनाएर अघि बढेको बताउनुभयो ।उहाँले लामो समय रेग्मी परिवारले सन्चालन गर्दै आएको गुठी समुदायलाई सुम्पिएको बताउनुभयो । समुदायलाई दिएपनि रेग्मी परिवार पदेन रुपमा रहेर सहयोग गर्दै आईरहेको छ, रेग्मी परिबारबाटै सबैले अध्यक्ष दिलाउनुभयो उहाँले भन्नुभयो- धेरै ठाउँमा हारगुहार गरेर पाटी र रामघाटमा स्तरउन्नति भएको छ ।

लक्ष्मी नारायण पाटी संग्रहालय समितिका अध्यक्ष कविता मल्लले नगरपालिका र स्थानीयबासीको साथ सहयोगबाट संग्रहालय स्थापना गर्न सहयोग पुगेको जानकारी दिनुभयो । अझपनि क्रमश: व्यबस्थापनको काम गर्दै जाने बताउनुभयो ।

समितिका उपाध्यक्ष क्याप्टेन ओमनारायण श्रेष्ठले बि.स.१८८९ अघि बनेको पाटी/धर्मशालामा साधुशान्त आउने, हिडेर सामान लिन जाने/ फर्कनेहरु बास बस्ने, पैदल यात्री बाटोमा हिड्डै गर्दा बास बस्ने र खाने ईतिहास यसको रहेको बताउनुभयो । राजकीय शासनमा गोर्खाली सेना, प्रहरी यही बाटो भएर हिड्ने बास बस्ने,गोर्खाली सेना यही पाटीहुदै जितगढी पुगेको, नेताहरु बस्ने जमघट हुने थलो अहिले ईतिहास देखाउने संग्रहालय बनेको बताउनुभयो ।

२०७८ सला भदौ ९ गते रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाबाट शिल्यान्यास भएको २०० वर्ष पुरानो धर्मशाला भूकम्पबाट क्षति भएपछि पुरातत्व विभागको ३ करोड ६ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको हो । रामपुर नगरपालिकाबाट बिनियोजित २ लाखले यस वर्ष कम्पाउण्ड र वडा नम्बर ४ बाट विनियोजित १ लाख रकमले संग्राहालयमा लाईटको व्यवस्था गरिएको सचिव इन्द्र बहादुर घर्तीले बताउनुभयो ।।

कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पाटीको तल्लो तलामा हाम्रा बाजे बराजुले प्रयोग गर्दै आएको र अहिले प्रचलनमा नआएका सामाग्री संग्रहालयमा राखिएको छ । रामपुर नगरपालिका विभिन्न व्यक्तिहरुले निःशुल्क सो सामान प्रदान गर्नुभएको हो । फ्रेम बनाएर राखिएको छ अझ नामाकरण उल्लेख गरेर सिसाभित्र राख्ने गरि अब काम गर्ने सचिव घर्तीले बताउनुभयो । समितिले अझ पनि घरमा रहेका सामाग्री संग्रहालयमा दिन अनुरोध गरेको छ । विभिन्न जाति समुदायको पोषाक लगाएको डमी ब्राह्मण समाज, मगर समाज, ठकुरी समाज, मुस्लिम समाजले सौजन्य गरेर दोस्रो तलामा राखिएको छ । समाज र सहयोग हस्तान्तरण गर्ने व्यक्तिलाई समितिले सम्मन गरेको छ ।

लक्ष्मीनारायण पाटी संग्रहालय समितिका अध्यक्ष कविता मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर घर्तिले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com