उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहद्दारा गणेशमान स्मृति प्रतिष्ठान उद्घाटन हुने
पाल्पा ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलबार (भोलि) पाल्पाको रामपुरमा नेपाली काङ्ग्रेस रामपुर नगरको पार्टी कार्यालय उद्घाटन गर्नुहुनेछ । २०७० सालमा निर्माण थालिएको गणेशमान स्मृति प्रतिष्ठान भवनको गणेशमानका छोरा तथा नेपाली काङ्ग्रेसका नेता सिंहले उद्घाटन गर्नुहुनेछ ।
शहीद बहुमुखी क्याम्पस रामपुरमा हुन गैरहेको महायज्ञ उद्घाटनका लागि मंगलबार तय भए संगै आउन लाग्नुुुभएका सििंहले बेझाँड बजारमा निर्माण सम्पन्न भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको उट्घाटनका गर्नुहुने नेपाली काङ्ग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले बताउनुभयो ।
मंगलबार विहान ११ बजे नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले निर्माण गरेको भवनको सिंहले उद्घाटन गर्नुहुनेछ । बि.स. २०७० सालमा निर्माणका लागि पहल भए संगै २०७१ साल कार्तिक २७ गते भवन निर्माण शुरु भएको थियो ।
बेझाड तल्लो चोकमा ट्रष्ट सहितको ५ तले पक्की भवन निर्माण भएको छ । ६६ लाख ७ हजार ९ सय ४३ रुपया लागतमा ४ तले भवन र ट्रष्ट गरि कुल ७७ लाख ९३ हजार४ सय ७८ रुपैयाको लागतमा भवन बनेको भवन निर्माण समितिका संयोजक तथा नगर समितिका उपाध्यक्ष क्या. देव बहादुर थापा मश्राङ्गीले जानकारी दिनुभयो ।
भवन उद्घाटनपछि दिउँसो साढे १२ बजे रामपुरको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भुमिका खेलेको सहिद बहुमुखी क्याम्पसमा हुन लागेको धनध्यान्यान्चल श्रीमद भागवतको सिंहले उद्घाटन गर्नुहुनेछ । रामपुर नगरपालिका–७, किसानबारी स्थित शहीद बहुमुखी क्याम्पसमा मंगलबार पुष १६ देखि २३ सम्म हुन गैरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवबाट सिपमुलक शिक्षा संकाय थप र छात्राबासको स्थापना गर्ने मुख्य उद्देश्य छ । महायज्ञको तयारी पूरा भएको नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति एवं शहीद बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
क्याम्पसमा पाल्पाका रामपुर सहित निस्दी, पुर्वखोला, रम्भा र स्याङ्जा, तनहुँ सहित नवलपरासीका विद्यार्थी अध्ययनरत छन् ।