2

Logo २०८३ बैशाख १४ सोमबार
१८१ जना सवार विमान कोरियाको विमानस्थलमा दुर्घटना

१८१ जना सवार विमान कोरियाको विमानस्थलमा दुर्घटना


Sabalnews प्रकाशित मिति : आइतबार, पौस १४ २०८१
1.3K

दक्षिण कोरिया

१७५ यात्रु र ६ चालक दलका सदस्य बोकेको विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।

आज बिहान करिब ९:०७ बजे, दक्षिण कोरियाको जोल्लानाम्दोस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा विमान धावनमार्गबाट बाहिर गएर बारमा ठोक्किएको छ।

दुर्घटनाग्रस्त विमान जेजु एयर को फ्लाइट 7C 2216 हो, जसले थाइल्याण्डको बैंककबाट उडान भरेर मुआन आइपुगेको थियो। उक्त विमानमा १७५ यात्रु र चालक दलका ६ सदस्य गरी जम्मा १८१ जना सवार थिए।

प्रहरी र दमकल विभागले घाइते तथा क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com