पाल्पामा चाेरीका घटना बढ्दै, सचेत रहन आग्रह
पाल्पा ।
पाल्पाकाे विभिन्न स्थानमा चाेरीका घटना बढ्न थालेका छन् । केही दिनदेखि तिनाउ गाउँपालिकाका सिद्धार्थ राजमार्ग छेउका पसल तथा घरमा चाेरी भएकाे स्थानीय बासिन्दाकाे भनाइ छ ।
चिनाउकाे सिसुवा, डुम्रेबजार, जाेरधारा क्षेत्रमा नगद, गरगहना तथा सामान चाेरी भएकाे छ । यसैबीच चाेरीका घटना जिल्लाका अन्य स्थानमा समेत हुन सक्ने प्रहरीले जनाएकाे छ । रातिकाे समयका चाेरीका घटना हुन सक्ने भएकाले गरगहना, पैसा सुरक्षित राख्न र सचेत रहन प्रहरीले आग्रह गरेकाे छ ।
नयाँ नचिनेका व्यक्ति देखिए र शंकास्पद मानिस भेटिए प्रहरीमा खबर गर्न प्रहरीले आग्रह गरेकाे छ ।