गृहमन्त्री रमेश लेखकले बुधबार इलाका प्रशासनको भवन उद्घाटन गर्नुहुने
पाल्पा ।
गृहमन्त्री रमेश लेखक बुधबार पाल्पाको रामपुर आउनु हुने भएको छ । रामपुरमा स्थापना भएको इलाका प्रशासन कार्यालयको नवनिर्मित भवन उट्घाटनका लागि लेखक रामपुर आउन लाग्नु भएको हो ।
रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको नवनिर्मित भवन समुद्घाटनको तयारी गरिरहेका थियौ, सम्माननीय गृहमन्त्रीको तय भएर उहाँ आउनुहुने भएको हो-पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी बताउनुभयो । भवनको भोलि विहान साढे ११ बजे उट्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।
२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयले यस अघि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो । साढे दुई तले सुविधा सम्पन्न भवन यही बर्ष निर्माण भए संगै कार्यालयको उद्घाटन गर्न लागिएको हो । असारमा निर्माण सम्पन्न भए संगै कार्यालयले गत साउन देखि आफ्नै भवनबाट सेवा दिदै आएको छ । यस अघि ३ स्थानमा भाडामा रहेर कार्यालयले सेवा दिदै आएको थियो ।