2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पा व्यापार संघको नेतृत्वमा बिष्णु बहादुर कार्की

पाल्पा व्यापार संघको नेतृत्वमा बिष्णु बहादुर कार्की


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर २४ २०८१
1.2K

पाल्पा ।

पाल्पा व्यापार संघको सातौं साधारण सभा तथा चौथो अधिवेशनले विष्णु बहादुर कार्कीको नेतृत्वमा निर्विरोध नयाँ समिति चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा कमल ढकाल, उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा सितम भण्डारी, महासचिवमा तुलबहादुर अधिकारी, कोषाध्यक्ष कपिलकृष्ण कार्की, सचिव नारायण बस्याल र अम्बिका तिमिल्सेना चयन हुनुभएको हो ।

कार्यसमितिको सदस्यमा लक्ष्मण गौतम, उमा अर्याल, गोकुल पौडेल, सपना शाही, शशी श्रेष्ठ, धनकुमारी पाठक, रिता पाण्डे, प्रज्ञासागर शाक्य, विनोद खाती, कल्पना पोख्रेल र रवीन्द्र आचार्य रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति ठाकुर गैरेले उद्योगी, व्यापारीको हकहितमा संघले काम गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले उद्योगी, व्यापारीहरुलाई एकजुट बनाई समग्र आर्थिक क्षेत्रमा टेवा पुग्नेगरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा राजनीतिक दल, विभिन्न संघसंस्थाका बोल्ने प्रतिनिधिहरुले व्यापार संघले समग्र उद्योगी व्यापारीलाई हित हुनेगरी काम गर्नुपर्नेमा सुझाव दिएका थिए ।

पाल्पा व्यापार संघमा ८ सय बढी सदस्य छन् । अधिबेशन निवर्तमान अध्यक्ष बामदेव बस्यालको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com