दुईपालिकाको आयोजनामा पाल्पामा सुन्तला महोत्सव हुँदै
पाल्पा ।
पश्चिम पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा पाल्पामा सुन्तला महोत्सव हुदैछ । सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि रिदिकोट गाउँपालिका र रैनादेबि छहराले गाउँपालिकाको आयोजनामा सुन्तला महोत्सव हुन लागेको हो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उत्पादित सुन्तला अहिले तराईमा मात्र निर्यात हुन्छ’, उहाँले भन्नुुुभयो, ‘आगामी दिनमा काठमाडौं र विदेशमा निर्यात गरेर किसानको आयआर्जनमा वृद्धि हुने र सुन्तला महोत्सवले थप टेवा पुग्ने अपेक्षा लिएको बताउनुभयो ।
सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न मंसिर २२ र २३ गते महोत्सव गर्न लगिएको मुल समिति अध्यक्ष तथा रैनादेबी गाउँपालिकाका अध्यक्ष रुक्मांगद भट्टराई बताउनुभयो । महोत्सवले दुई गाउपालिकाको सुन्तलाको प्रचारप्रसार एवं बजार प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।
बुधबार तानसेनमा पत्रकार सम्मेलन गरी दुई पालिकामा गतबर्ष करिब ६ करोड भन्दा बढीको सुन्तला बिक्री भएको आयोजक समितिका संयोजक दानबहादुर कुवरले बताउनुभयो । उहाले दुबै पालिकाबाट पाँच/पाँच लाख बजेट विनियोजन गरी दश लाखको लागतमा महोत्सव गर्न थालिएको बताउनुभयो ।
सह–संयोजक रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले सुन्तला खेतीको विस्तार र विकास, बजारीकरणको सुनिश्चितता, स्थान विशेष पहिचान, कृषि पर्यटन ,प्रवर्द्धन कृषकको उत्पादमा वृद्धि र स्वरोजगारका महोत्सव गर्न लागेको बताउनुभयो ।
महोत्सव रैनादेवी छहरा गाउँपालिका –५ कनौजेपानी खेल मैदानमा आयोजना हुने छ । सुन्तला महोत्सवमा सुन्तला र सुन्तलाका परिकारको प्रदर्शनी र सांस्कृतिक कार्यक्रम समेत हुनेछ । कार्यक्रम रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत लेखनाथ पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।