2

Logo २०८३ बैशाख १४ सोमबार
अपाङ्गता दिवसका अबसरमा अपाङ्गतालाई सरफ बनाउने तालिम

अपाङ्गता दिवसका अबसरमा अपाङ्गतालाई सरफ बनाउने तालिम


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर १९ २०८१
1.7K

पाल्पा ।

जिल्लाकाे तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ३३ औ अन्तरास्ट्रिय अपांगता दिवसको अवसरमा सीप सिकाउन सरफ बनाउने तालिम दिएको छ ।

सीप सिकेपछि आफै आम्दानी गरेर धेरथोरै रकम चलाउन सक्ने बनाउन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सिपमुलक तालिम सञ्चालन गरेको हो ।

स्वराेजगार बनाउने उद्देश्यले ३ दिने सरफ बनाउने तालिम प्रदान गरेको हाे, यसलाई निरन्तर चलाउदै जाने र व्यबसायिक हुनसक्ने भएपछि अन्य मेसिन, सामाग्री समेत प्रदान गरिने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले तालिमले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भरता बनाउन, समुदायमा उनीहरूको स्थान बलियो बनाउन र समावेशी समाज निर्माणमा टेवा पुर्‍याउने उधेश्यले तालिम शुरू गरिएको बताउनुभयो । सरफ बनाउने जस्ता व्यावसायिक सीपहरूले स्थायी आय आर्जनका लागि अवसर सिर्जना गर्ने बताउनुभयो । तालिम केवल सीप सिक्ने प्रक्रिया मात्र होइन, यो अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउँदै उनीहरूको क्षमता उजागर गर्न एक महत्वपूर्ण अवसर रहेको बताउनुभयो । समाजको प्रगतिका लागि समावेशीता र समान अवसर अपरिहार्य छन् । यस तालिमले फरक क्षमता भएका नागरिकलाई स्वरोजगारका सम्भावना खोल्नेछ र दीर्घकालीन रूपमा आत्मनिर्भर जीवनयापनका लागि प्रेरित गर्ने बताउनुभयो ।

नगरपालिकाले तालिमकाे माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आर्थिक रूपमा सक्षम बनाउन तालिम शुरू गरेको जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिङ्जालीले नगरपालिकाले यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएकाे बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न नगरपालिकाले यस्ता प्रयासलाई निरन्तरता दिने उहाँले बताउनुभयो । तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउन र उनीहरूको आर्थिक आत्मनिर्भरता सुनिश्चित गर्न ठूलो भूमिका खेल्ने बताउनुभयो । यस्ता कार्यक्रमहरूले केवल व्यक्तिगत जीवन परिवर्तनमात्र गर्दैनन्, अपितु समग्र समाजलाई समावेशी र न्यायपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले सरफ उत्पादन जस्तो व्यावसायिक सिपले घरायसी आवश्यकतामा सहजीकरण गर्दै आर्थिक उपार्जनका लागि पनि मार्ग प्रशस्त गर्ने बताउनुभयो ।
तानसेन नगरपालिकाले यस प्रकारका कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिएको छ र आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि थप सशक्तिकरणका गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । मेहनत, सीप र आत्मविश्वासले जीवनमा सकारात्मक परिवर्तन ल्याउने हुदा तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आग्रह गर्नुभयाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com