लुम्बिनी र गण्डकी प्रदेश जोड्ने गरि पाल्पा र नवलपरासी पुर्व रिपाहामा झोलुङ्गेपुल उद्घाटन
पाल्पा ।
लुम्बिनी प्रदेशको पाल्पा र गण्डकी प्रदेशको नवलपरासी पुर्वको मध्यबिन्दू नगरपालिकालाई जोड्ने गरि रिपाहाघाटमा निर्माण सम्पन्न भएको झोलुङ्गेपुलको उद्घाटन सँगै सञ्चालनमा आएको छ ।
पाल्पाको निस्दी गाउँपालिका ४ मित्याल र मध्यबिन्दु नगरपालिका १४ रिपाहामा २ प्रदेश सहित २ जिल्ला जोड्ने अरुणखोलाको रिपाहाघाटमा १ सय ७५ मिटर लम्बाइ र १.२ मिटर चौडाइ रहेको सस्पेन्सन झोलुङ्गे पुल निर्माण भएको हो । पुल १ करोड, ३७ लाख,६७ हजार,९सय २० रुपँया लागतमा निर्माण भएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ,उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले पुल उद्घाटन गर्र्दै रिपाहाघाटमा झोलुङ्गे पुलको आबश्यकता खड्एिकोमा अब बनेपछि यस भेगका नागरिकलाई उत्पादित बस्तु बिक्री गर्न र आवतजावत गर्न धेरै सहज हुने बताउनुभयो । पुलले दुई प्रदेशको सम्बन्धलाई घनिष्ठ बनाउने र दुई प्रदेशकै आयस्रोत वृद्धि हुने र यहाँका जनताहरुको आर्थिक स्थितिमा वृद्धि हुने श्रेष्ठले बताउनुभयो । नवनिर्मित रिपाहाघाट झोलुङ्गे पुल प्रयोगमा आउने र त्यहाका बासिन्दाको लागि बरदान सावित हुने निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । निस्दीको रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र मध्यबिन्दु देखि अरुणखोलाका नागरिकलाई झोलुङ्गे पुलले सहज हुने अध्यक्ष सारुले बताउनुभयो । खोला वारिपरि रहेको खेतबारी अब बाझो नरहने र पुल निर्माणले त्यहाँका उपभोक्तहरुको आर्थिक सुधार हुने उहाँको भनाई थियो ।
पुल बनेसँगै महिला, बृद्ध र बालबालिका बढी लाभान्वित हुने र तराई मधेस गर्ने नागरिकलाई सजिलो हुने हुँदा उपभोग गर्नेको संख्या धेरै रहेको निस्दी गा पा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बताउनुभयो । पहिलेदेखि नै नगरपालिकामा पुल निर्माण गर्न पहल गरिरहेको तर निर्माण गर्न नसकेकोमा समस्या पहिचान गरेर झोलुङ्गेपुल निर्माण गर्न सहयोग गरेकोमा मध्यबिन्दु १४ वडाध्यक्ष मिन बहादुर दर्लामीले धन्यवाद व्यक्त गर्नुभयो ।
निस्दी ४ वडा अध्यक्ष सन्तबिर सुनारीको अध्यक्षतामा भएको कार्यक्रम मन प्रसाद सोतिको स्वागत र बालमैत्री शाखा प्रमुख कुश्माखर पाण्डेको संचालनमा भएको हो ।