2

Logo २०८३ बैशाख १४ सोमबार
साना सहरी खानेपानी महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक सम्पन्न, मुख्यमन्त्रीलाई ध्यानाकर्षण

साना सहरी खानेपानी महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक सम्पन्न, मुख्यमन्त्रीलाई ध्यानाकर्षण


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख १४ २०८३
960

लुम्बिनी ।

राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, लुम्बिनी प्रदेशको पहिलो बैठक दाङको राप्तीमा सम्पन्न भएको छ ।

बैठकमा प्रदेशभित्रका साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूको वर्तमान अवस्था, चुनौती, सेवा प्रभावकारिता, संस्थागत सुदृढीकरण तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भएको छ।

प्रगतिनगर सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा बसेको प्रदेशस्तरीय पहिलो बैठकपछि प्रदेश समितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र खानेपानी सचिवलाई भेटेर प्रदेशमा सञ्चालित खानेपानी योजनालाई तिब्र रुपमा काम सम्पन्न र समस्या आएको खण्डमा तत्काल उपभोक्तामा सहज बनाउन ध्यानाकर्षण गराएको छ ।

साथै, बैठकमा खानेपानी तथा सरसफाई क्षेत्रसँग सम्बन्धित विविध विषयमा गहन छलफल गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको प्रदेश समितिका महासचिव निलकण्ठ पोखरेलले जानकारी दिनुभयो । बैठकले उपभोक्तामैत्री सेवा प्रवाह, संस्थागत समन्वय र दिगो व्यवस्थापनका पक्षमा साझा धारणा निर्माण गरेको छ। प्रदेशस्तरमा खानेपानी उपभोक्ता संस्थाहरूबीच आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउन नियमित बैठकले भुमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

बैठकमा प्रगतिनगर सहरी खानेपानी सस्था र सुन्दरपुर बृहत खानेपानी उपभोक्ता संस्थाले संयुक्त रूपमा महासंघ लुम्बिनी प्रदेश समितिलाई स्वागत गरेको थियो ।

महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासंघका महासचिव निलकण्ठ पोखरेलले गर्नुभएको हो। सहभागीहरूले खानेपानी तथा सरसफाइ क्षेत्रलाई प्रभावकारी, दिगो र उत्तरदायी बनाउन प्रदेश समितिको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका थिए।

बैठकले खानेपानी तथा सरसफाइ सेवा विस्तार, गुणस्तरीय सेवा सुनिश्चितता, उपभोक्ता अधिकार संरक्षण तथा संस्थागत सुधारका विषयलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना तय गरेको जनाइएको छ। सहभागीहरूले यस्ता बैठकहरूले नीति, योजना र कार्यान्वयनबीचको समन्वय बलियो बनाउँदै समग्र क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com