2

Logo २०८३ बैशाख १४ सोमबार
कांग्रेस संसदीय दलको नेता भीष्मराज आङ्देम्बे सर्वसम्मत

कांग्रेस संसदीय दलको नेता भीष्मराज आङ्देम्बे सर्वसम्मत


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख १४ २०८३
365

काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।

संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।

गएको शुक्रबार (वैशाख ११) गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेपछि आङ्देम्बे संसदीय दलको नेता चयन हुनुभएको हो  । आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो ।

आङ्देम्बे समानुपातिकतर्फबाट सांसद निर्वाचित भएका हुन् । सर्वसम्मत रूपमा पाएमा संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसीले पनि इच्छा राखेका थिए । केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित र पूर्वसहमहामन्त्री हुन् ।

यसैबीच काङ्ग्रेसले दैलेख १ कि बासना थापालाई प्रमुख सचेतक र निश्कल राईलाई सचेतक बनएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com