कांग्रेस संसदीय दलको नेता भीष्मराज आङ्देम्बे सर्वसम्मत
काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।
संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
गएको शुक्रबार (वैशाख ११) गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेपछि आङ्देम्बे संसदीय दलको नेता चयन हुनुभएको हो । आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो ।
आङ्देम्बे समानुपातिकतर्फबाट सांसद निर्वाचित भएका हुन् । सर्वसम्मत रूपमा पाएमा संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसीले पनि इच्छा राखेका थिए । केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित र पूर्वसहमहामन्त्री हुन् ।
यसैबीच काङ्ग्रेसले दैलेख १ कि बासना थापालाई प्रमुख सचेतक र निश्कल राईलाई सचेतक बनएको छ ।
