2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा १ का सन्दीप रानाले प्रधानमन्त्री बालेन्द्र शाह संग राखे ३१ बुदे माग

पाल्पा १ का सन्दीप रानाले प्रधानमन्त्री बालेन्द्र शाह संग राखे ३१ बुदे माग


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २३ २०८२
169

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीयहरु संग गर्नुभएको भेटघाटमा पाल्पा १ का सासंद सन्दीप रानाले पाल्पा र समग्र लुम्बिनी प्रदेशको विकासको लागि ३१ बुदे मागपत्र प्रस्तुत गर्नुभएको छ ।

प्रदेशगत विकास संभावना र प्राथमिकताका बिषयमा सबै प्रदेेेशका माननीय संग छ्लफल गर्दै फरक अभ्याद्म्स गर्नुभएका प्ररधानमन्त्री शाह संगको भेटमा रानाले मौखिक र लिखित रुपमा पेेेश गरेको बताउनुभयो ।  उहाँले लुम्बिनी प्रदेश अन्तर्गतका निर्वाचित प्रतिनिधी सभा सदस्यहरूको बैठकमा पाल्पाको मुहार फेर्ने र लुम्बिनीलाई समृद्ध बनाउने बिभिन्न योजना, संभावना र आबश्यकतालाई अगाडी बढाएको उल्लेख गर्नुभयो ।

रानाले पाल्पाको रामपुर-आर्यभञ्ज्याङ हुँदै कपुरकोट सडक खण्डले पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा हुँदै सल्यानको कपुरकोट जोड्ने भएकाले यी पहाडी जिल्लाहरूलाई कृषि अर्थतन्त्रसँग जोड्ने मेरुदण्ड सडकको रुपमा रहेको छ । यसलाई लुम्बिनी प्रदेश सरकारको गौरव योजनामा समावेश गरिए पनि केन्द्रबाट नै प्राथमिकताका साथ ध्यान दिई सडक सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिदिन हुन अनुरोध गर्नुभएको छ ।

पूर्वी पाल्पामा प्राकृतिक तथा सांस्कृतिक पर्यटनको यथेष्ट सम्भावना रहेको निस्दी-काउले वनलाई मध्यनजरमा राखी अरुणखोला-जलुके-मित्याल-ढुंगानाबेसी-बेलडाँडा हुदै रामपुर जोड्ने सडकलाई स्तरोन्नति सहित कालोपत्रे गर्न आवश्यक बजेट विनियोजन गरिदिनु हुन अनुरोध गर्दछु ।

उहाँले भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर राजमार्गलाई भारत तथा चीनसँगको परस्पर व्यापारका लागि मुख्य वाणिज्यिक राजमार्गको रुपमा विकास गरी नेपालले ट्रान्जिटको लाभ लिनको लागि अधुरो रहेको सडक खण्डलाई शीघ्र सम्पन्न गर्न अनुरोध गर्दछु ।

प्रभास-माँडीफाँट-कसेनी-रुप्से-देवगीर-झडेवा-रहवास-मटेरी-ताकातुङ-बहादुरपुर-जल्पा-पूर्वखोला-ज्यामिरे- भिरपानी-मित्याल-धर्केसिङ-सहलकोट-वाकामलाङ हुँदै कालिगण्डकी करिडोर सम्म जोड्ने सांस्कृतिक गौरव पर्यटन रिङरोडको रूपमा विकास गर्न अध्ययन तथा अवलोकन नीतिमा समावेश गर्न अनुरोध गर्दछु ।

केलादी–पन्थे–सहलकोट हुँदै झ्यालबास जोड्ने सडकको स्तरोन्नति हेतु अध्ययन तथा अवलोकन नीतिमा प्राथमिकतामा राखिदिनुहुन अनुरोध गर्दछु।

ताहुँ-ओमभन्ज्याङ–फोक्सिङकोट–रानीवास हुँदै कालिगण्डकीसंग जोडिने सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन अनुरोध गर्दछु।

माडी चक्रपथको निर्माण तथा स्तरोन्नतिका लागि पर्याप्त र सुनिश्चित बजेट विनियोजन गरिदिनुहुन अनुरोध गर्दछु ।

अगाहाखोला–चिदियापानी फेदी–खहरे हुँदै झडेवा–दुम्कीबास सडक खण्डको निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट तथा कार्यक्रम समावेश गरिदिनुहुन अनुरोध गर्दछु।

पाल्पा जिल्लाका केहि क्षेत्रहरु भौगोलिक हिसाबले विकट रहेका र प्रशस्तै खानेपानी आयोजनाहरू अधुरा अवस्थामै रहेका सन्दर्भमा, ती आयोजनाहरुको समयमै सम्पन्नताका लागि पर्याप्त बजेट विनियोजन तथा प्रभावकारी कार्यान्वयनको व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछु।

नेपालकै प्रसिद्ध शक्तिपीठका रूपमा स्थापित धार्मिक आस्थाको केन्द्र श्री रम्भादेवी क्षेत्रको समुचित विकास, संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गर्न विशेष कार्यक्रम तथा बजेटको व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछु।

वैदिक ग्रन्थहरूमा उल्लेखित कालिगण्डकी सभ्यतालाई संवर्द्धनका लागि कालिगण्डकी सभ्यता अध्ययन-अनुसन्धान संस्था स्थापना गर्न तथा कालिगण्डकी उपत्यका क्षेत्रलाई वैदिक सांस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न ‘वैदिक स्मार्ट सिटी’ बनाउने अवधारणाका लागि प्रयाप्त नीति तथा बजेट विनियोजन गर्न अनुरोध गर्दछु ।

विद्युत
लामो समयदेखि नागरिकहरुले समस्या खेपिरहेका लघु सामुदायिक विद्युत प्रणालीहरूलाई अनिवार्य रूपमा केन्द्रीय प्रसारण लाइनमा जोडी प्रत्येक घरमा पर्याप्त विद्युत आपूर्ति व्यवस्था नीति अनिवार्य रुपमा लागू गरिदिनुहुन अनुरोध गर्दछु ।

स्वास्थ्य
(क) पाल्पा-स्याङ्जा-तनहुँ-नवलपुर तथा समग्र कालिगण्डकीबासीलाई उपचार सेवा दिइरहेको रामपुर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गरी विशेषज्ञ चिकित्सक, पर्याप्त दक्ष जनशक्ति र पूर्वाधारसहित सेवा विस्तारको लागि बजेट विनियोजन गरिदिनु हुन अनुरोध गर्दछु ।
(ख) पालिकास्थित नव-निर्मित पालिका स्तरीय अस्पतालहरूमा अनिवार्य रूपमा विशेषज्ञ चिकित्सकको व्यस्था गर्न अनुरोध गर्दछु ।
(ग) प्रत्येक वडास्तरीय स्वास्थ्य केन्द्रहरुमा (H.A) तहको स्वास्थ्यकर्मी अनिवार्य रुपमा उपलब्ध हुने नीति लागू गर्न अनुरोध गर्दछु ।

शिक्षा
(क) सम्पूर्ण विद्यालयहरुमा माटो सुहाउँदो संस्कारसहितको व्यवहारिक शिक्षा लागू गर्न आवश्यक नीति तथा व्यवस्थापन गर्न अनुरोध गर्दछु ।
(ख) ग्रामीण क्षेत्रमा उच्च शिक्षाका लागि खोलिएका सामुदायिक बहुमुखी क्याम्पसहरूलाई व्यवहारिक तथा प्रभावकारी दक्ष जनशक्ति उत्पादन गर्न सक्षम बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक विशेष बजेट विनियोजन गर्न अनुरोध गर्दछु ।

कृषि
आफू र आफ्नो परिवारलाई खान पुग्ने अन्न आफैं उत्पादन गर्ने व्यवस्था मिलाउँदै रैथाने बाली संरक्षणलाई बढावा दिई, माटो परिक्षणको आधारमा “एक वडा-एक कृषिबाली उत्पादन नीति” लागू गरी कृषि बाली प्रवर्द्धन तथा व्यवस्थापन गर्न अनुरोध गर्दछु ।

परम्परागत लघु उद्योगहरूलाई प्रवर्द्धन गरी पिछडिएको भनिएका समुदायलाई श्रम तथा सामाजिक सम्मानसहित उद्योग संवर्द्धन एवम् पुनर्स्थापना गर्ने नीति बनाउन अनुरोध गर्दछु । जस्तै: कृषि औजार बनाउने आरन, दैनिक उपभोग्य भाँडा-कुडाँ बनाउने आरन उद्योग, माटोजन्य, काठजन्य, बाँसजन्य दैनिक उपभोग्य भाँडाजन्य वस्तुहरु उत्पादन गर्ने उद्योग, पाल्पाली ढाका उद्योग तथा पाल्पाली करुवा उद्योगलाई प्रवर्द्धन गर्दै पुनर्स्थापनाका लागि प्रोत्साहनमुलक बजेट विनियोजन गर्न अनुरोध गर्दछु ।

पाल्पा-तानसेनस्थित भगवती मन्दिरको जीर्णोद्धार गरी भगवती जात्रालाई राष्ट्रिय उत्सव पर्वको रुपमा मनाउने तथा राष्ट्रिय पात्रोमा सार्वजनिक बिदा दिने प्रावधान गर्न अनुरोध गर्दछु ।

लोप हुँदै गएको पहाडी काठे गाई, जसको दूध, दही, घिउ तथा गौमूत्र औषधीय गुणयुक्त हुन्छ, यसको पहाडी नस्ल संरक्षणका लागि संरक्षण केन्द्रको स्थापना गर्न आवश्यक बजेट विनियोजन गर्नुहुन अनुरोध गर्दछु ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा यथाशीघ्र संचालन गर्न अनुरोध गर्दछु ।

लुम्बिनी विकास क्षेत्रलाई गुरुयोजना अनुसार यथाशीघ्र कार्यान्वयन गरी कार्यसम्पन्न गराउन अनुरोध गर्दछु ।

कोइलावास नाकालाई पुन: संचालन गरी कोइलावास-भालुवाङ- प्युठान-पूर्वी रुकुम हुँदै डोल्पासम्म पुग्ने सहिद मार्गलाई स्तरोन्नतिसहित कालोपत्रे गर्न अनुरोध गर्दछु, जसले गंगादेखि उत्तरगंगासम्मको सभ्यता र संस्कृतिलाई जोडी पर्यटन व्यवसायमा मद्दत पुर्‍याउनेछ ।

सुनौली र रुपैडिया नाकामा सुख्खा बन्दरगाह विकासलाई प्राथमिकतामा राखी यात्रुहरूको आवतजावतमा आवश्यक सुरक्षा कायम गर्दै सहजताको व्यवस्था गर्न अनुरोध गर्दछु ।

सीमावर्ती क्षेत्रका बासिन्दाहरूका लालपुर्जावाला जग्गाहरूलाई बैंक तथा वित्तीय कारोबारमा सहज पहुँच सुनिश्चित गराउन अनुरोध गर्दछु ।

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (SEZ) लाई मूर्त रुप दिई लुम्बिनी प्रदेशमा अति आवश्यक रहेको कृषि मल कारखाना स्थापना गर्न प्राथमिकता दिन हुन अनुरोध गर्दछु ।

रूपन्देहीको भैरहवा-बुटवल क्षेत्रलाई नेपालको प्रमुख बाणिज्यिक शहरको रुपमा विकास गर्न अनुरोध गर्दछु ।

प्युठान-स्वर्गद्वारी, अर्घाखाँची-छत्रदेव, पाल्पा-भैरवस्थान, गुल्मी-रिडी संगम स्थलहरूलाई अन्तर्राष्ट्रिय सीमा नाकासँग सुगम सडक पहुँच सहित जोड्दै सांस्कृतिक पर्यटनमार्फत रोजगारी विकास गर्न अनुरोध गर्दछु ।

बाह्य पर्यटक प्रवर्द्धन गर्न अयोध्या र गुल्मीस्थित श्रीङ्गी तपोस्थल रेसुंगाबीच सांस्कृतिक सम्बन्ध स्थापित गरि वैदिक सांस्कृतिक सम्बन्ध विस्तार कार्ययोजना अघि बढाउन अनुरोध गर्दछु ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय पहिचान दिलाई विश्वभरिका बौद्ध विद्वानहरुको केन्द्रको रुपमा विकास गर्न प्राथमिकता दिन अनुरोध गर्दछु ।

दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको संस्कृत विश्वविद्यालयका रूपमा विकास गराउन अनुरोध गर्दछु ।

सिक्टा सिँचाइ आयोजना, बाँकेलाई यथाशीघ्र पूर्णता दिन अनुरोध गर्दछु ।

बाँकेस्थित सुशील कोइराला परोपकार क्यान्सर अस्पताललाई पर्याप्त दक्ष जनशक्ति तथा पूर्ण पूर्वाधारसहितको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्न अनुरोध गर्दछु ।
अन्त्यमा, उपर्युक्त योजनाहरुले प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु । यी योजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु पत्रमा सासंद रानाले भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com