2

Logo २०८३ बैशाख १३ आइतबार
आजको संसदमा प्रधानमन्त्री नियुक्त बारे जानकारी दिईने, सबै दलका नेतालाई बोल्ने समय छुट्टयाइयो

आजको संसदमा प्रधानमन्त्री नियुक्त बारे जानकारी दिईने, सबै दलका नेतालाई बोल्ने समय छुट्टयाइयो


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०८२
113

काठमाडौं ।

आज संघीय सरकारको दुबै सदनको बैठक बस्दैछ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा दलका नेता तथा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले ४० मिनेट समय पाउनेछन् । उनले २५ मिनेटमा सक्ने भनेकाले २५ मिनेट तय भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबाट नेता भिष्मराज आम्दाङेले १० मिनेट, नेकपा एमालेले ८ मिनेट नेकपा, राप्रपा, श्रम सस्कृति र स्वतन्त्रले ७/७ मिनेटको समय पाउनेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त हुनुभएको संसदलाई जानकारी गराउनुहुनेछ । शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई जानकारी गराइनेछ । सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची पनि तय भएको छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com