2

Logo २०८३ बैशाख १३ आइतबार
प्रहरी प्रमुख कार्कीबाट बुटवलको भवन उद्‌घाटन

प्रहरी प्रमुख कार्कीबाट बुटवलको भवन उद्‌घाटन


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२
92

बुटवल ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सिमित स्रोत साधनको बाबजुद नागरिकहरू प्रतिको जिम्मेवारीको भावना, कामना तथा नागरिकहरूको अपार सहयोग र समर्थनले नागरिकहरू प्रति अझ उत्तरदायी भई काम गर्न प्रहरीलाई सधै उत्प्रेरित गरेको चर्चा गर्नुभयो । नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले नागरिकहरूले प्राप्त गर्ने प्रहरी सेवामा सहज र सुरक्षित पहुँच निर्माण गर्न मद्दत पुग्ने उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्म अनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

लामो समयदेखि बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनको लागि सहयोग उपलब्ध गराउँदै आएको चर्चा समेत उहाँले गर्नुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले भवन भवन मात्र नभई गुणस्तरीय सेवा महत्त्वपूर्ण हुने बताउनुभयो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत गर्नुभएको थियो ।

सोही अवसरमा UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बेलायत सरकारको २ करोड ४१ लाख ४३ हजार ७ सय ५३ रूपैयाँ १२ पैसाको लागतमा भवन निर्माण भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com