राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग
काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग गरिएको छ। आइतबार अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै युनियन औपचारिक रूपमा भंग भएको जानकारी दिनुभयो ।
नयाँ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कर्मचारी युनियनहरू खारेज गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई समर्थन गर्दै युनियनले आफूलाई भंग गरेको जनाएको छ।
अध्यक्ष ओलियाका अनुसार सरकारलाई काम गर्न सहज बनाउने उद्देश्यले युनियन भंग गरिएको हो। उहाँले सरकारको शासकीय सुधार अभियानलाई समर्थन गर्दै यस्तो कदम चालिएको स्पष्ट पारे।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नं. १२ अनुसार, २०८२ चैत १५ गतेदेखि राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग गरिएको छ,जारी सूचनामा भनिएको छ ।