आज दोस्रो मन्त्रीपरिषद् बैठक बस्दै
काठमाडौँ ।
मन्त्रिपरिषद्को बैठक आज सोमबार बोलाइएको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि यो दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको छ । मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा बसेको थियो । जुन दिन प्रधानमन्त्री शाहसँगै १४ जना मन्त्रीले शपथ लिएर पदभार ग्रहण गरेका थिए ।
सो बैठकले सरकारको शाहकीय सुधारका लागि १०० योजना समेत सार्वजनिक गरेको थियो । यसबारे टिकाटिप्णी शुरु भएका छन् र त्यसका केही बुदामा काम पनि शुरुवात भएको छ ।