2

Logo २०८३ बैशाख १३ आइतबार
रैनादेवीछहराका महिलालाई आयआर्जन तालिम

रैनादेवीछहराका महिलालाई आयआर्जन तालिम


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र ९ २०८२
148

पाल्पा ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका महिलालाई सशक्तीकरण तथा आयआर्जनमा जोड्ने उद्देश्यले साबुन तथा सरफ (डिटर्जेन्ट) बनाउने सीपमूलक तालिम सञ्चालन गरिएको छ।

आयआर्जन तथा सिप विकास सम्बन्धी सञ्चालन गरिएको तालिम उद्घाटनका अबसरमा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले महिलाहरूलाई सीपसँगै आत्मविश्वास बढाउन तालिम महत्त्वपूर्ण हुने बताउनुभयो । “गाउँपालिकाले सञ्चालन गर्ने सीपमूलक तालिम केवल सिकाइमा सीमित नराखी आयआर्जनसँग जोडिनुपर्छ,भट्टराईले भन्नुभयो- महिलाहरू आर्थिक रूपमा सबल भए मात्रै समग्र समाजको विकास सम्भव छ ।” उहाँले पालिकाले महिलाको आर्थिक उपार्जनका लागि निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले साबुन तथा सरफ बनाउने तालिम पश्चात स्थानीय स्तरमै उत्पादित वस्तुहरू प्रयोग गर्ने वातावरण बन्नुपर्नेमा जोड दिनुभयो।

चार दिनसम्म सञ्चालन हुने यस तालिममा स्थानीय स्तरमै उत्पादनमूलक स्रोत साधनको प्रयोग संगै प्रवर्द्धन गर्ने लक्ष्य छ। तालिममार्फत महिलाहरूले सिकेको सीपलाई व्यावसायिक रूपमा रूपान्तरण गरी साना तथा घरेलु उद्योग सञ्चालन गर्न सक्ने विश्वास गरिएको छ। यसले दीर्घकालीन रूपमा महिला सशक्तीकरण, गरिबी न्यूनीकरण तथा स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले बताउनुभयो ।

तालिममा पालिकाका ३३ जना महिलाहरूको सहभागिता रहेको छ। सहभागी महिलाहरूलाई साबुन तथा सरफ उत्पादनसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्लान स्टार सानो संसारले सहकार्य गर्दै प्रशिक्षक प्रशान्त सी.एन., मिना गन्धर्व र कमला महतराले सहजीकरण गर्नुभएको छ।

गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने र बजार व्यबस्थापनमा पनि ध्यान दिने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com