शोकलाई शक्तिमा बदलेर विकासमा होमिनेछु-आचार्य
पाल्पा ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार नारायणप्रसाद आचार्यले क्षेत्रको विकास र समृद्धिका लागि दृढ संकल्प व्यक्त गर्दै मतदाताहरूसँग भावनात्मक अपील गर्नुभएको छ ।
चुनावी अभियानमा पिताको असामयिक निधनका कारण शोकमा रहनुभएका आचार्यले भौतिक रूपमा घरदैलोमा उपस्थित हुन नसके पनि मन र संकल्प जनताकै सेवामा रहेको बताउनुभयो।
यो विषम परिस्थितिकामा यहाँहरूको साथ र सहानुभूति नै मेरो ठूलो शक्ति हुनेछ ।“ एमालेले नै देश र जनताको वास्तविक हितमा काम गर्ने बताउँदै उम्मेदवार आचार्यले आफ्नो क्षेत्रको सडक पूर्वाधार, आधुनिक कृषि, गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा आफू अनवरत खटिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उम्मेदवार आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार बुटवलमा निधन भएको थियो ।