2

Logo २०८३ बैशाख १३ आइतबार
उमेदवार सन्दीप राना पुगे मगर एकता दिवसमा शुभकामना दिन विभिन्न मगर दिवस मेलामा

उमेदवार सन्दीप राना पुगे मगर एकता दिवसमा शुभकामना दिन विभिन्न मगर दिवस मेलामा


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन १५ २०८२
169

पाल्पा ।

पाल्पा क्षेत्र नम्बर १ का नेपाली काङ्ग्रेसका उमेदवार सन्दीप रानाले आज राष्ट्रिय मगर एकता दिवसको अबसरमा विभिन्न मेला महोत्सवमा पुगेर शुभकामना दिनुभएको छ ।

४४ औं मगर दिवसको अबसरमा आयोजित गरिएका विभिन्न कार्यक्रममा पुग्नुभएका रानाले मगर एकता र आदिवासीको  योगदानको चर्चा गर्नुभयो । पाल्पा क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका उमेदवार रहनुभएका रानाले पाल्पाको रामपुर, रम्भा, पुर्वखोला, माथागढीमा भएको मगर दिबसको कार्यक्रममा पुगेर मगर दाजुभाई दिदीबहिनी तथा आम नेपालीको पर्व बनेकोमा सबैमा शुभकामना दिनुभएको थियो ।

रम्भा गाउँपालिकाको बेलम्जा, किटनीभन्ज्यङ, लम्घा, गाबुडाडा, बोरेकङसे, ओमभञ्ज्याङ्,ताहु, कुशेलुङ, बिरकोट, सराई लगायतका स्थानमा भएका दिवस कार्यक्रम तथा मतदाता संग घरदैलो कार्यक्रममा भेटघाट गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाको निर्वाचनका उमेदवार रानाले नेपालमा १४२ जाति र १२४ भाषा भएको धनी देश भएकोले अब पाल्पाको यस भेगलाई सास्कृतिक पर्यटनको रुपमा माथिल्लो निस्दी पुर्बखोला माथागढीका क्षेत्रलाई बिकास गर्नुपर्ने बताउनुभयो ।

रानाले तल्लो कालीगण्डकी उपत्यकालाई वैदिक स्मार्टसिटीको रुपमा वैदिक पर्यटनको रुपमा बिकास गर्ने र गौरबका स्थलहरुलाई जोडेर गौरब पर्यटनको विकास गर्ने गरि योजना बनाएको बताउनुभयो ।

रानाले बिदेशिन बाध्य युवाहरुलाई स्वदेशमै बस्न सक्ने गरि उद्यम र रोजगार संग जोड्न आफुले संकल्प पत्रमा समाबेश गरेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसले देशको हरेक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको र परिवर्तन भई युवाको नेतृत्वमा आएको पार्टीले यहाँ पनि युवालाई अबसर दिएकोमा फागुन २१ मा हुने निर्वाचनमा आफुलाई मत दिन आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com