उमेदवार सन्दीप राना पुगे मगर एकता दिवसमा शुभकामना दिन विभिन्न मगर दिवस मेलामा
पाल्पा ।
पाल्पा क्षेत्र नम्बर १ का नेपाली काङ्ग्रेसका उमेदवार सन्दीप रानाले आज राष्ट्रिय मगर एकता दिवसको अबसरमा विभिन्न मेला महोत्सवमा पुगेर शुभकामना दिनुभएको छ ।
४४ औं मगर दिवसको अबसरमा आयोजित गरिएका विभिन्न कार्यक्रममा पुग्नुभएका रानाले मगर एकता र आदिवासीको योगदानको चर्चा गर्नुभयो । पाल्पा क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका उमेदवार रहनुभएका रानाले पाल्पाको रामपुर, रम्भा, पुर्वखोला, माथागढीमा भएको मगर दिबसको कार्यक्रममा पुगेर मगर दाजुभाई दिदीबहिनी तथा आम नेपालीको पर्व बनेकोमा सबैमा शुभकामना दिनुभएको थियो ।
रम्भा गाउँपालिकाको बेलम्जा, किटनीभन्ज्यङ, लम्घा, गाबुडाडा, बोरेकङसे, ओमभञ्ज्याङ्,ताहु, कुशेलुङ, बिरकोट, सराई लगायतका स्थानमा भएका दिवस कार्यक्रम तथा मतदाता संग घरदैलो कार्यक्रममा भेटघाट गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाको निर्वाचनका उमेदवार रानाले नेपालमा १४२ जाति र १२४ भाषा भएको धनी देश भएकोले अब पाल्पाको यस भेगलाई सास्कृतिक पर्यटनको रुपमा माथिल्लो निस्दी पुर्बखोला माथागढीका क्षेत्रलाई बिकास गर्नुपर्ने बताउनुभयो ।
रानाले तल्लो कालीगण्डकी उपत्यकालाई वैदिक स्मार्टसिटीको रुपमा वैदिक पर्यटनको रुपमा बिकास गर्ने र गौरबका स्थलहरुलाई जोडेर गौरब पर्यटनको विकास गर्ने गरि योजना बनाएको बताउनुभयो ।
रानाले बिदेशिन बाध्य युवाहरुलाई स्वदेशमै बस्न सक्ने गरि उद्यम र रोजगार संग जोड्न आफुले संकल्प पत्रमा समाबेश गरेको बताउनुभयो ।
नेपाली काङ्ग्रेसले देशको हरेक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको र परिवर्तन भई युवाको नेतृत्वमा आएको पार्टीले यहाँ पनि युवालाई अबसर दिएकोमा फागुन २१ मा हुने निर्वाचनमा आफुलाई मत दिन आग्रह गर्नुभयो ।