2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा क्षेत्र नं.१ मा परिवर्तनको लहर: पाल्पा१ लाई उत्कृष्ट बनाउछु- कांग्रेस उम्मेदवार राना

पाल्पा क्षेत्र नं.१ मा परिवर्तनको लहर: पाल्पा१ लाई उत्कृष्ट बनाउछु- कांग्रेस उम्मेदवार राना


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन ६ २०८२
239

पाल्पा ।
पाल्पा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ पाल्पाबाट नेपाली कांग्रेसका उम्मेदवार सन्दिप रानाले पाल्पा क्षेत्र नं. १ मा परिवर्तनको स्पष्ट लहर आएको बताउनु भएको छ । ३३ वर्षदेखि अन्य राजनितिक दलले नेतृत्व गर्दै आएको यस क्षेत्रमा जनता परिवर्तनको पक्षमा रहेको बताउनुभएको हो ।
बुधबार माथागढी गाउँपालिकाका विभिन्न गाउँ टोलमा चुनावी प्रचार–प्रसारका क्रममा पुग्नु भएका रानाले गाउँ घरमा आएको परिवर्तनको लहरलाई परिणाममा बदल्ने समय आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- ” विगतका प्रतिनिधिहरूलाई म आरोप लगाउदिन । उहाँहरुले यस क्षेत्रका लागि जे जति गर्नुभयो आफ्नो क्षमता अनुसार गर्नुभयो । तर म देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये पाल्पा क्षेत्र नम्बर १ लाई उत्कृष्ट क्षेत्र बनाउन लागि पर्नेछु ।”
चुनाव प्रचार प्रसारको क्रममा मतदाता माझ पुग्नु भएका रानाले बुधबार माथागढी गाउँपालिका ६ को जगात, वडा नं. ५ को हातिलुङ, वडा नं. ४ को झडेवा र वडा नम्बर ७ को रहबास, मटेरीमा जनतासँग भेटघाट गर्नु भएको थिय‍ो । यस पटकको निर्वाचन विगतको तुलनामा फरक किसिमको निर्वाचन रहेको उहाँले बताउनुभयो । ” २००७ सालको क्रान्तिपछि २०१५ सालमा भएको निर्वाचन, २०४६ पछिको निर्वाचन १० वर्षे जनयुद्धपछि २०६४ सालमा भएको निर्वाचनमा जनतामा एक किसिमको कौतुहलता थियो, रानाले भन्नुभयो-“सुशासन र भ्रष्टाचारको अन्त्यका लागि जेनजी आन्दोलन” पश्चात हुन लागेको यस निर्वाचनमा पनि जनता परिवर्तनको पक्षमा छन् ।”
मतदाताका गुनासाहरू सुन्दै रानाले रोजगारीका लागि अधिकांश युवाहरू वैदेशिक रोजगारमा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै रोजगार र स्वरोजगारको लागि खाका तयार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ” पाल्पा क्षेत्र नम्बर १ का १० हजार भन्दा बढी युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । उहाँहरुलाई परिवारसँगै स्वदेशमा बसेर काम गर्ने वातावरण तयार पार्नका लागि सिङ्गो क्षेत्र नं.१ को लागि खाका तयार पारेका छौं ।” क्षेत्र नम्बर १ का बस्तीहरूलाई धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन र गौरव पर्यटन क्षेत्रको रुपमा विकास गर्ने अवधारणा आफुले अघि सारेकाे जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, बाँझो जग्गाको सदुयोग गरि उत्पादन वृद्धि गरी बजारिकरण गर्ने, स्थानीय उत्पादनको प्रवर्ध्दनका ‘भोकल फर, लोकल’ को नारा, परम्परागत उद्योगको प्रवर्द्धनको लागि योजना बनाएको बताउनुभयो ।
 
नेता चुनाव जितेपछि फर्किदैनन् भन्ने जनताको गुनासोमा रानाले “नागरिक संसद संवाद केन्द्र” स्थापनाको योजना रहेको बताउदै निरन्तर जनताको गुनासो सुनेर काम गर्ने बताउनुभयो । पालिकाहरुमा केन्द्र स्थापना गरी जनतासंग प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने उहाँले स्पष्ट पार्नुभयो । रानाले पाल्पा क्षेत्र नं. १ का बस्तीहरुलाई सहज सडक सञ्जाल संग जोड्न सडक निर्माण तथा स्तरोन्नति प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाँसटारी देखि बाकामलाङ डमरा सम्म जोड्ने रिङ्गरोड निर्माण, आर्यभञ्ज्याङ्ग-ताहुँ-विरकोट-सिलुवा-रामपुर सडक, अरुणखोला- मित्याल- रामपुर सडक स्तरोन्नति संगै पालिका पहुँच मार्गलाई प्राथमिकताका साथ आफुले अघि बढाउने बताउनुभय‍ो ।
समानुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले यो निर्वाचनमा कांग्रेसलाई जुन सुकै हालतमा विजयी गराउनु आवश्यक रहेको बताउनुभयो । गगन थापाको नेतृत्वको संगठनले जनतामा उत्साह जगाएको बताउनुभयो । जेनजी आन्दोलनपछि पार्टीमा युवाको नेतृत्व रहेको र उम्मेदवारहरु पनि युवा नै रहेकाले कांग्रेस नै नयाँ भएको बताउनुभयो । उम्मेद्वारहरु समक्ष मतदाताहरुले सिंचाई, सडक, विद्युत, रोजगारी र कृषिको बारेमा समस्या राखेका थिए ।
गगन थापाको नेतृत्वमा पार्टी संगठनले नयाँ उत्साह जगाएको उल्लेख गर्दै जेन–जी आन्दोलनपछि पार्टीमा युवाको नेतृत्व स्थापित भएकाले कांग्रेस नै अहिलेको नयाँ शक्ति भएको उहाँको भनाइ थियो ।
हात्तिलुङमा भएको कार्यक्रममा वडा नं. ५ मा यस अघिको स्थानीय तह निर्वाचनमा अन्य दलबाट वडा सदस्यका उम्मेद्वार २ जना सहित केही नागरिकलाई नेपाली कांग्रेसका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com